अब टेलिकमले आफ्नै आईपी टेलिभिजन सेवा दिने
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार ५:५२:३०
९ पुष, काठमाडौं । नेपाल टेलिकमले अब आफ्नै आईपी टेलिभिजन सेवा दिने भएको छ । कम्पनीका अनुसार आगामी अंग्रेजी नयाँ वर्षबाट टेलिकमले आईपी टीभी सेवा दिन तयारी गरेको हो ।
टेकिलमका अनुसार टेलिभिजन सेवाका लागि अहिले परीक्षण प्रसारण भइरहेको छ।जनवरी १देखि सेवा सुरु गर्न विभिन्न तयारी अघि बढाइएको छ ।अहिले विदेशी टेलिभिजनका क्लिन फिड कन्टेन्ट र प्याकेजलाई सेवामा जोड्ने काम धमाधम भइरहेको कम्पनीले बताएको छ ।
टेलिकमको एफटीटीएच ‘फाइबर टु दि होम’ मार्फत इन्टरनेट सेवा लिइरहेका ग्राहकले अब टेलिकमकै आईपी टीभी चलाउन पाउनेछन् ।यो सेवा सुरु भएपछि टेलिकमका एफटीटीएच इन्टरनेटका ग्राहकले टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा एउटै सीपीईबाट पाउन सक्नेछन् ।
एउटै सीपीईबाट टेलिफोन, इन्टरनेट र टेलिभिजनको सेटटप बक्समा लाई लैजान सकिनेछ । टेलिकमले यसका लागि व्यवसायिक योजना पनि ल्याउन तयारी गरेको छ । आईपी टीभीको सहुलियत दरको सेवा शुल्कसहितको बजार रणनीति तय गरेर इन्टरनेटका ग्राहकहरु बढाउने योजनामा टेलिकम छ ।
अहिले विभिन्न निजी स्तरका इन्टरनेट सेवा प्रदायकले आईपी टिभी सेवा दिइरहेका छन् । प्रवन्ध निर्देशक अधिकारीका अनुसार आईपी टीभी लगत्तै टेलिकमले निकट भविष्यमै आफ्नै मोबाइल टेलिभिजनको ‘ओटीटी ९ओभर दि टप० पनि सञ्चालनमा ल्याउने छ । अहिले निजी सेवा प्रदायकमार्फत मात्रै टेलिकमले मोबाइल टीभीको ओटीटी सेवा दिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटेलिफोन अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट वञ्चित
चैत २७, २०८० मंगलबार
नेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार