सत्ता चास्नीमा रमाएका देउवा
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १७:४५:५५
९ पुष, काठमाडौं । दुई तिहाई समर्थन प्राप्त केपी ओली सरकार जति निकम्मा देखियो, प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेस पनि यस अवधिमा लुते र भुत्ते नै साबित भयो । अझ सभापति शेरबहादुर देउवाका गतिविधि ओली सरकारप्रति नरम जस्तै अनुभूति जनमानसले गर्यो ।
सबैका आशंकालाई बल पुग्ने काम त्यतिखेर उत्कर्षमा पुग्यो जब गएको साता प्रधानमन्त्री ओलीले बलजफ्ती ल्याएको अध्यादेशमार्फत गरेको संवैधानिक आयोगमा देउवा निकट डेढ दर्जनले नियुक्ति पाए ।
संवैधानिक परिषद ऐनमा संशोधन गरिएको परिवर्तनबारे स्यवं ओलीले आफ्नो पार्टीमा स्ष्टीकरण दिंदै भनेका थिए– देउवाको समर्थनमा अध्यादेश ल्याइएको हो । यसबारे देउवा अझै मौन छन् । तर ओलीको भनाइलाई पुष्टी गर्ने आधार चाहिं सिफारिस गर्दा राखिएका नामबाटै प्रष्ट भएको छ ।
देउवा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति हुन् । नेपालको राजनीतिक इतिहासमा पटक पटक क्रान्ति गर्ने यश र कीर्ति प्राप्त कांग्रेस सत्ताका लागि कहिल्यै कसैसँग सम्झौता नगर्ने पार्टी हो । तर त्यही पार्टीका वर्तमान सभापतिको गतिविधि र कार्यशैलीले कांग्रेसीहरुको नूर नै गिरेको छ । सासुआमा प्रतिभा राणाको राजदूत पद जोगाउन नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताले कतिसम्मको बलिदानी दिनुपर्ने हो ?
देउवा सत्ताका माहिर खेलाडी हुन् । धेरैले आशंका गरेका छन् अहिलेको संसद विघटन प्रकरणमा समेत उनको संलग्नता हुनुपर्छ । परिस्थिति हेर्दा लाग्छ पनि त्यस्तै । ओलीको गैरसंवैधानिक कदमको दुनियाँले सत्तोसराप गरेका छन् । उनकै पार्टीका नेता कार्यकर्ता सडक संघर्षमा जाने मूडमा छन् ।
तर कांग्रेस सभापति भने ओलीप्रति नरम छन् । यसैविषयलाई लिएर अहिले देशमा प्रमुख राजनीतिक दलहरु छलफलमा जुटेका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकसमेत यसै मुद्धामा केन्द्रित भएर छलफल गरिरहेको छ । बैठकमा दुई थरि विचार आएका छन् ।
असन्तुष्ट पक्ष अर्थात रामचन्द्र पौडेल लगायत नेताहरु ओलीले गैरसंवैधानिक कदम चालेकाले संसदीय सर्वाेच्चताको मर्यादा जोगाउन भएपनि कांग्रेस संघर्ष मैदानमा उत्रनुुपर्ने पक्षमा दृढ छ । तर संस्थापन पक्ष अर्थात सभापति देउवा भने अहिले नै सडकमा जानु नहुने बरु निर्वाचनको सदुपयोग गर्नुपर्ने तर्क गरिरहेको छ ।
प्रश्न हार जितको होइन, प्रश्न संसदीय पद्धति र प्रणालीको हो । ओलीले जसरी संसद भंग गरे त्यो अधिकार संविधानको कुनै पनि धाराले उनलाई दिएको छैन । त्यसलाई कांग्रेसले स्वीकार्ने कि प्रतिबाद गर्ने प्रश्न यो हो ।
उनीहरुकै चेला भन्न रुचाउने देउवाको चाला भने ठीक उल्टो छ । अहिलेपनि उनी बल्छी थाप्न चाहन्छन् । फुटेको नेकपा भित्र जो बलियो रहन्छ उसैसँग सत्ता समीकरण गर्ने देउवाको मनसुवा प्रष्टै छ ।
देउवाको यो नीति जारी केन्द्रिय कार्यसमिति बैठकमा प्रष्ट भएको छ । उनी सत्ता नै सबैथोक हो भन्ने ठान्छन् । त्यसैले अहिले नै केही निर्णय नगरौं भन्ने उनको मनसाय देखिन्छ । सर्वाेच्च अदालतमा दायर भएको रिटको छिनोफानो र निर्वाचन आयोगमा नेकपाको आधिकारिकताबारे टुंगो नलागेसम्म देउवा पर्ख र हेरको रणनीति अपनाउन चाहन्छन् ।
त्यसपछि आउने परिणामका आधारमा मात्रै देउवाले सत्ता राजनीतिलाई बढावा दिने सोच बनाएको प्रष्ट देखिन्छ । किनभने उनलाई विश्वास छ–ज्योतिषीले गरेको भविष्यबाणी अनुसार अझै तीनपटक प्रधानमन्त्री हुनेवाला छन् । त्यसको श्रृँखला यहींबाट जोडिने उनको विश्वास देखिएको छ ।
सत्ता नै राजनीतिको अभिष्ट हो । तर कस्तो र कोसँग सहकार्य एवं सम्झौता गर्ने भन्ने मूल प्रश्न हो । देउवाकै राजनीतिक गुरु बीपी कोइरालाले सम्झौता गरेका थिए भने पटक पटक प्रधानमन्त्री पाइरहन्थे । अर्का आदर्शपुरुष कृष्णप्रसाद भट्टराई हुन् वा गणेशमान सिंह कसैले पनि पञ्चायतलाई मानेको भए आजीवन प्रधानमन्त्री हुन सक्थे होलान् ।
तर उनीहरुले सिद्धान्तलाई महत्व दिए नकि सत्ता । तर उनीहरुकै चेला भन्न रुचाउने देउवाको चाला भने ठीक उल्टो छ । अहिलेपनि उनी बल्छी थाप्न चाहन्छन् । फुटेको नेकपा भित्र जो बलियो रहन्छ उसैसँग सत्ता समीकरण गर्ने देउवाको मनसुवा प्रष्टै छ ।
त्यसैले देउवा चाहन्छन् जारी केन्द्रीय कार्यसमिति बैठकले तत्कालै कुनै निर्णय नलिओस् । हिजो यसै विषयमा उनको वरिष्ठ नेता पौडेलसँग नोकझाेंक चलिसकेको छ ।
देउवाको यस्तो मनस्थिति देखिएपछि कांग्रेस भित्र दुई धार प्रष्ट भएको छ । त्यसैले असन्तुष्ट पक्षका नेताहरु आजको बैठक अगावै तयारी गर्न जुटेका छन् । वरिष्ठ नेता पौडेलको अनामनगरस्थित सम्पर्क कार्यालयमा अहिले भेला भएका नेताहरु यसै विषयमा एकल धारणा राख्न छलफल गरिरहेका छन् ।
दिउँसो १ बजेका लागि सानेपामा बोलाइएको बैठकमा एकैस्वरले आन्दोलनका कार्यक्रम ल्याउन दबाब दिने उद्येश्यले भेलाको आयोजना गरिएको बुझिएको छ ।
कांग्रेस पदाधिकारीहरुको यसअघि बसेको बैठकले भने ओलीको कदम असंवैधानिक भएको ठहर गरिसकेको छ । त्यही निर्णयलाई आधार बनाएर अब जसरी भएपनि सडक संघर्षमै जाने नीति पारित गराउनु पौडेल पक्षको मुख्य ध्येय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार