पौडेल पक्षको भेलामा गगन र प्रदीप पौडेल पनि !
नेपालबहस संवाददाता
पुस ९, २०७७ बिहिबार १९:२३:५२
९ पुष, काठमाडौं । सभापति शेरबहादुर देउवासँग कुरा नमिलेपछि अनामनगरमा छुट्टै भेला गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग युवा नेताहरु गगन थापा र प्रदीप पौडेल पनि उभिएका छन् । सरकारले संसद विघटन गरेपछि तत्कालै सडकमा जानुपर्ने पक्षमा रहेका थापा र पौडेलले सभापति देउवालाई दबाब दिन रामचन्द्रको पक्षमा उभिएका हुन् ।
कृष्ण सिटौला नेतृत्वको गुटमा रहेका गगन थापा र प्रदीप पौडेल एजेन्डा र आवश्यकता हेरेर देउवा र रामचन्द्रलाई साथ दिदै आएका छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसका विरुद्ध सडक र न्यायिक लडाई लड्नुपर्ने धारणामा पार्टी नेतृत्वलाई सहमत गराउन पौडेल पक्षका नेताहरुको भेला भइरहेको छ ।
पौडेल पक्षको भेलामा सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, महेश आचार्य, अर्जुन नरसिंह केसी, रामशरण महत लगायतका नेताहरु पनि सहभागी छन् । सभापति शेरवहादुर देउवा ओलीसँग भित्रभित्रै मिलेको आशंका भएपछि पौडेल पक्ष र सिटौला पक्ष नजिकिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार