अब दमौली बजारमा ‘नो हर्न, नो ओभरटेक !
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:०:१६
९ पुष, दमौली । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बिहीबारदेखि हर्न बजाउने सवारी चालकलाई कारवाही शुरु गरेको छ ।गत भदौ २५ गतेदेखि दमौली बजारलाई ‘नो हर्न : नो ओभरटेक’ घोषणा गरिएको र यसबीचमा सचेतनामूलक कार्यक्रम मात्रै सञ्चालन गरिएकामा प्रहरी अब कारवाहीमा अगाडि बढ्न लागेको ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
“यो बीचमा नो हर्न : नो ओभरटेकबारे सवारी चालकलाई जानकारी गरायौँ, सचेतनामूलक कार्यक्रम मात्रै गरिएकामा अब कारवाही पनि गर्छौं”, रानाभाटले भने । ट्राफिक प्रहरी र तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइको सक्रियतामा दमौली बजारलाई नो हर्न : नो ओभरटेक घोषणा गरी यसबारे सङ्केत सामग्रीसमेत राखिएको थियो ।
दमौली प्रवेश गर्ने बुल्दीपुल र मादीपुलमै नो हर्न : नो ओभरटेकको सङ्केत सामग्री राखिएको छ । बुधबार मात्रै दमौलीस्थित प्रभु बैंकले उपलब्ध गराएको दश थान सामग्री भोर्लेटारचोकमा राखिएको छ । अनावश्यकरुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको रानाभाटले बताए । “तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यकरुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ”, उनले भने ।
दमौलीको ट्राफिक व्यवस्थापन सुधार योजनाअन्तर्गत प्रहरीले बजार क्षेत्रका विभिन्न ठाउँमा एकतर्फी पार्किङ पनि शुरुआत गरिसकेको छ । “ट्राफिक व्यवस्थान प्रहरी एक्लैले मात्रै गरेर सम्भव छैन, दमौलीका विभिन्न सङ्घसंस्थाले पनि हामीलाई सहयोग पु¥याउनुभएको छ”, रानाभाटले भने, “यसले गर्दा प्रहरीलाई पनि सहज भएको छ ।”
प्रहरीले दमौली बजारका विभिन्न ठाउँमा १८ वटा जेब्राक्रस बनाउने तयारी पनि गरेको छ । जथाभावीरुपमा बाटो काटिदिँदा दुर्घटना हुने गरेकाले निश्चित ठाउँ निर्धारण गरेर बाटो काट्ने व्यवस्था मिलाउन लागिएको रानाभाटले बताए । “बजारको मुख्य मुख्य ठाउँ पहिचान गरी जेब्राक्रस बनाउँदैछौँ, यसले पनि दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्छ”, उनले भने । उनका अनुसार भोर्लेटार, सफासडक, प्रशासनचोकलगायतका ठाउँमा जेब्राक्रस बनाइनेछ ।
तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति राजकुमार श्रेष्ठले दमौलीको ट्राफिक व्यवस्थापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । “प्रहरी एक्लैले गर्नुपर्छ भनेर बस्यौँ भने त्यसले सुधार हुँदैन, सबैपक्षको सहयोग खाँचो छ”, उनले भने, “दमौली बजार एकाइ विगतदेखि नै ट्राफिक व्यवस्थापनमा सहयोग गरिरहेको छ ।” दमौली बजारमा एकाइकै सक्रियतामा सिसी क्यामरा जडानको काम शुरु भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रसाईंका हतियारबारे छानबिन गर्न गृहले बनायो समिति
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार