२८ दिन मात्र सांसद हुने अभागी पाण्डे
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार १:५५:१०
९ पुष, काठमाडौं । झण्डै एक महिनाअघि नेपाली कांग्रेसबाट मोहनप्रसाद पाण्डे सांसद बने । कांग्रेसले प्रतिनिधिसभाकाे समानुपातिकतर्फ रिक्त रहेको पदमा स्याङ्जा घर भएका मोहनप्रसाद पाण्डेलाई सांसद बनाएपछि उनले २८ दिन अघि शपथ पनि खाए ।
उनले शपथ खाएपनि संसद छिर्न भने पाएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि अविश्वासको प्रस्ताव दर्ता हुने डरले संसद अधिवेशन अन्त्य गरेका थिए । मंसिर ८ गते सांसद बनेका उनले शपथ खाएपनि संसद भने छिर्न पाएनन् ।
सांसद बनेको २८ दिनमा उनी संसद छिर्न त परको कुरा, सांसदको भत्ता र तलब समेत खान पाएनन् । सांसद बनेर पनि भत्ता र तलब खाने बेला प्रधानमन्त्री ओलीले संसद नै विघटन गरिदिएपछि उनी अभागी सांसद बन्न पुगेका हुन् ।
स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिस अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो।
कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा पाण्डे नियुक्त भएका थिए । उनी मात्रै होइनन, सांसद बनेको साढे तीन बर्षमा चुनावी खर्च समेत उठाउन नपाएका अरु सांसद पनि यतिबेला बेरोजगार बनेका छन् । तलब भत्ता आउने संसद नै विघटन भएर बन्द भएपछि अरु सांसद पनि बेरोजगार बनेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
उपभोक्ता हितसंरक्षणमा स्याङ्जा प्रशासनले बढायो निगरानी
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार