ज्ञान सुब्बाको ‘धरान शहर’ सार्वजनिक
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार ३:१४:१७
९ पुष, धरान । धराने गायक ज्ञान सुब्बाको आवाज रहेको ‘ धरान शहर ’ बोलको गीतको म्युजिक भिडियो सोमबार धरानको गोर्खा डिपार्टमेन्टको हलमा आयोजित भब्य कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उप-महानगरपालिकाको उप-प्रमुख मंजु भण्डारीले एलईडी स्क्रीनको प्ले बटन थिचेर ‘ धरान शहर ’ सार्वजनिक गरेका हुन् । सोही समयमा नै गायक ज्ञान सुब्बाको युट्यूव च्यानल मार्फत पनि उक्त सार्वजनिक गरिएको हो ।
गीतको शब्द अनुरुप धरान तथा यस क्षेत्र वरपरका बराहक्षेत्र ,विजयपुर , भेडेटार सम्मका विभिन्न पर्यटकीय क्षेत्रहरु कैद गरिएको उक्त गीतमा शब्द हर्क चुम्मे र संगीत जीवन भट्टराईको रहेको छ । भावना स्टुडियो ,धरानमा रेकर्ड गरिएको गीतमा कुमार थापाको संगीत संयोजन रहेको छ।
सिल्भर इन्टरटेनमेन्टको निर्माणमा थैली इन्टरटेनमेन्टको भुपेन्द्र तुम्बहाम्फेको छायाँन्कन र निर्देशनमा तयार भएको उक्त म्युजिक भिडियोमा रेखा लिम्बु,बिनोद बस्नेत,बादल श्रेष्ठ,जोयना लिम्बु,बिपना श्रेष्ठ,निशान लिम्बु,र किरण श्रेष्ठको अभिनय रहेको छ भने सम्पादन अनिल रानाको रहेको छ।
धरान सरोकार समाजका अध्यक्ष प्रभु प्रसाद श्रेष्ठ, वरिष्ठ लोक गायक गंगा बरदान , बरिष्ट कलाकार प्रेम सुब्बा , धरान संगीत प्रतिष्ठान का अध्यक्ष सुवर्ण श्रेष्ठ धरान उप-महानगरपालिकाको पर्यटन समिति सह-संयोजक किशोर थुलुङ्ग लगायतको आतिथ्य रहेको कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठ,बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बा, धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुबर्ण श्रेष्ठले भिडियो मार्फत शुभकामना सुन्देश दिएका थिए भने गायक ज्ञान सुब्बाका अन्य दुई बटा ओ ब्यस्त जीवन र हिउँदोको घाम गीत समेत देखाईएको थियो।
भर्खरै मात्र नेपाल जेसिज २०२१ को राष्ट्रिय उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याई बिजयी भएका धरान जेसिज २०२० का अध्यक्ष दिपेन्द्र निरौलालाई प्रमुख अतिथि उप(प्रमुख मंजु भण्डारी र सिल्भर इन्टरटेनमेन्टको प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले खादा र सम्मानपत्र दिएर सम्मानित गरिएको थियो।
कार्यक्रममा बोल्दै संगीतकार जीवन भट्टराईले धरानको पर्यटनमा टेवा पुगोस भन्ने अभिप्रायले यो गीत र भिडियो तयार गरेको हो र हाम्रो मिहिनेतले यसले केहि हदसम्म धरान चिनाउने प्रयास गरिएको बताए भने प्रमुख अतिथि उप-प्रमुख मंजु भण्डारीले धरान पुर्वको पर्यटनको हबको रुपमा रहेको र यो गीत तयार गरेर धरानलाई दिएको उपहारको लागी सम्पूर्ण टिममा धन्यबाद व्यक्त गर्दै कलाकारहरुले आफ्नो ठाउँको लागि यसरि नै अघि बढ्नु पर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार