युट्युबसँगै डिजिटल प्लेटफर्ममा रानीको मन्जुरी
नेपालबहस संवाददाता
पुस ९, २०७७ शुक्रबार ३:२८:१९
९ पुष, काठमाडौं । पछिल्लो समय नेपाली सांगीतिक छेत्रमा निकै सक्रिय रुपमा लागिरहेकी गायिका डा.रानी शाक्यको सुमधुर स्वर रहेको नयाँ गीत ‘मन्जुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलको अभिनय रहेको छ ।
बुद्ध थापाको सिनेमाटोग्राफी , बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन्। गीतलाई गायिका शाक्यको आफनै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो । बिभिन्न डिजिटल प्लेटफर्ममा अनि गायिका रानीका गीतहरु त्यतिकै धेरै सुनिएका छन ।
हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यको अहिले सम्म ४० वटा भन्दा बढी गीतहरु आइसकेका छन। आधुनिक , डान्सिङ गीत, लभ भर्सनका गीतहरुको साथै चलचित्रको पार्श्व गायनमा समेत आफुलाई अब्बल सावित बनाइसकेकी छिन ।
यसअघि ‘संसार फेर्न’ गीतबाट ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड २०७७’ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड हात पारेकी गायिका शाक्य यही पुस १८ गते हुने स्पर्श म्युजिक अवार्डमा ‘ढलक ढलक’ गीतबाट सर्वोत्कृष्ट गायिकाको नोमिनेशनमा परेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार