आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार १९:२:८
१० पुष, काठमाडौं । पाँचौँ आइसिटी अवार्ड–२०२० को ग्राण्ड फिनाले शनिबार हुने भएको छ । सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रुपमा परिचित आइसिटी अवार्डको पाँचौं संस्करणको ग्राण्ड फिनाले शनिबार हुने भएको हो । सूचना प्रविधि क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई सम्मान गर्ने उद्देश्यका साथ यो अवार्ड हरेक वर्ष प्रदान गरिन्छ ।
अवार्ड कार्यक्रमका संयोजक राजन लम्सालले लिभिङ विथ आइसिटीको आयोजनामा हुने कार्यक्रममा सूचना प्रविधिका क्षेत्रमा योगदान पु¥याएका विभिन्न ११ विधामा सम्मान गरिने बताए ।
अवार्ड २०२० का विजेताले विशेष सम्मान, शिल्डसहित अन्य सहुलियतपूर्ण कर्जासमेत प्राप्त गर्ने छन् । स्टार्ट अप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड र इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्ड २०२० का विजेताले सरकारको स्टार्ट अप कोषअन्तर्गत ५० लाखसम्म सहुलियतपूर्ण ऋण सुविधा पाउने अवार्डका संयोजक लम्सालले बताए ।
यस्तै पुरस्कृतलाई राष्ट्रिय वाणिज्य बैंकले रु १० लाखसम्म विनाधितो सहुलियतपूर्ण ऋण सुविधा उपलब्ध गराउने बताइएको छ । इन्नोभेशन ड्रिभन क्राइसिस रेस्पोन्स आइसिटी अवार्डका विजेताले एनसेलमार्फत विशेष आर्थिक पुरस्कार स्वरुप रु तीन लाख प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदीपक र सन्तोषीले जिते हाफ म्याराथनको उपाधि
चैत १०, २०८० शनिबार
ब्याडमिन्टन खेलाडीको पहलमा दमकमा कभर्डहल निर्माण
चैत ९, २०८० शुक्रबार
तेस्रो परवानीपुर गोल्डकप : बाग्मती फुटबल क्लब सेमिफाइनलमा
चैत ६, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार