त्यो टपरे बाहुन त भयो, म त श्री ३ हुँ
नेपालबहस संवाददाता
पुस १०, २०७७ शुक्रबार २०:३०:२७
१० पुष, काठमाडौं । दुई तिहाई समर्थन प्राप्त नेपाल कम्युनिष्ट पार्टी यति सहजै फुट्ला भनेर सायदै कसैले सोचेका थिए होलान् । तर नेपालको राजनीतिलाई नजिकबाट नियाल्ने कतिपय विज्ञहरुले यस्तो फोरकाष्ट पहिल्यै गरेका थिए – नेपालमा केपी ओली सरकारको आयु केवल तीन वर्षको हुनेछ ।
सर्सर्ती हेर्दा ती विज्ञका भविष्यबाणी हावादारी लाग्थ्यो । तर जब दुईवर्षे कार्यकाल पूरा गरे ओलीले विस्तारै उनको भनाई पुष्टि हुने आधार तयार हुन थाल्यो । नेकपा भित्र ओलीको ज्यादती अकासियो । त्यसको प्रतिकारमा सबै नेता एकजुट हुन थाले । ओली जति कमजोर थिए, त्यति नै आक्रमक रुपमा प्रस्तुत हुन थाले ।
किनभने ओलीका पछाडि ठूलै शक्तिकेन्द्रको समर्थन थियो । परिस्थिति यतिसम्म पुग्यो जो सामान्य मानिसलाई पत्यारै लाग्दैन – ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर संसद विघटनको सिफारिश गरे । ओलीलाई पनि यसबारे ज्ञान नभएको होइन कि संविधानले संसद विघटनको अधिकार दिएको छैन ।
तर शक्तिकेन्द्रको चंगुलमा फसेका ओली उसैको रोडम्याप पच्छ्याउन वाध्य थिए । त्यसको बिस्फाेट भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलको गोप्य आगमनपछि भएको हो । भारतीय सत्तासँग सम्बन्ध मजबूत बनाउने नाममा ओली नराम्रोसँग फस्न पुगे । अब यो दलदलबाट उनी बाहिर निस्कने कुनै छिद्र छैन । त्यसैले मरता क्या न करता को अवस्थामा पुगेका छन् ओली ।
जब गोयलले फेरि पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने विश्वास दिलायो । त्यसका लागि जस्तोसुकै कदम चालेपनि भारतले सहयोग र समर्थन गर्ने आश्वासन दियो । त्यसैको भर परेर ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिदिएका छन् ।
ओली मात्र होइन, अहिलेको हरेक परिदृश्य एउटा निश्चित स्क्रिप्टमा चलेको छ । कसैले तयार गरेको स्क्रिप्टलाई जीवन्त बनाउने पात्र मात्र हुन् ओलीहरु । त्यसैले भोलि के होला भन्ने अनुमान सर्वसाधारणले गर्न नसकेपनि उनै विज्ञहरुले चाहिं पहिल्याई सकेका छन् । अब के होला त ? एकजना विज्ञ भन्छन्– उसले जे चाहेको छ , त्यही हुने हो । अर्थात बनिबनाउ स्क्रिप्ट अनुसारको काम हुने हो ।
नेपालको राजनीतिमा गहिरो चासो राख्ने पक्षहरु मध्ये दक्षिणी छिमेकी भारत पनि हो । उसको चाहना नेपाल सधैं उसको छोटा भाई नै होस् भन्ने हो । त्यसका लागि उसले नेपाली नेताहरुलाई राम्रैसँग प्रयोग गरेको छ । ती सबै राजनीतिक पार्टी भित्र छन् । वर्तमान प्रधानमन्त्री ओली पनि तिनैमध्येका एक पात्र हुन् । उनी भारतीय गृप्तचर निकाय रअको निकट मानिन्छन् । कुनैबेला उनी भारतीय दूतावासमा नियमित आउजाउ गर्ने गर्थे , त्यो दुनियाँलाई थाहा छ ।
तर जब भारतीय जनता पार्टी सत्तामा आयो, पुराना संयन्त्रसँगको हिमचिमले ओलीलाई खासै फाइदा पुगेन । नरेन्द्र मोदीका दूतहरुले पनि ओलीलाई खासै महत्व दिएनन् । त्यसैले उनी एकाएक भारतविरोधी मोर्चामा उभिए । जसले ओलीलाई महान राष्ट्रवादी नेता बनाइदियो । त्यसैका बलमा ओली दुई तिहाई समर्थनका साथ प्रधानमन्त्री बने । भारत विरोधी छवि बनाउने क्रममा उनले नेपालको नयाँ नक्शा नै प्रकाशित गरे ।
ओली प्रधानमन्त्री बनेको भारतीय पक्षलाई निको लागेको थिएन । त्यसैले सुरुमा ओलीलाई तर्साउने प्रयास गरियो । तर ओली डगेनन् । अनि मोदीका दूतले रणनीति फेरे । ओलीलाई महान नेता बनाएर फकाउने अभियान सुरु भयो । त्यसका लागि रअ प्रमुख गोयल विशेष दूतका रुपमा नेपाल आए ।
अब नेपालको राजनीति फेरि अस्थिर हुनेछ । ओलीलाई अब अरू ४/५ महिना मात्रै पदासिन गराउने रोडम्याप बनाइएको छ । त्यसपछि हिन्दु राष्ट र संवैधानिक राजाकाे लागि जनमत संग्रहकाे निष्पक्ष चुनाव गराउन फेरिपनि प्रधानन्यायधीशकै नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव दक्षिणले प्रोजेक्ट गर्न सक्छ ।
यही बिन्दूूबाट ओलीको पतन सुरु भयो । यद्यपि ओलीलाई कमजोर बनाउन साउथ ब्लककै अर्काे विङ भने माधवकुमार नेपाललाई उचालिरहेको थियो । यो परिस्थिति त्यतिबेला परिपक्व भयो जब गोयलले फेरि पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने विश्वास दिलायो । त्यसका लागि जस्तोसुकै कदम चालेपनि भारतले सहयोग र समर्थन गर्ने आश्वासन दियो । त्यसैको भर परेर ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरिदिएका छन् ।
अब बल ओलीको खट्टाबाट अन्यत्रै गइसक्यो । ओलीले चाहेर पनि अब केही हुनेवाला छैन । तर स्क्रिप्ट राइटरले तयार गरेअनुसार नै अबको राेडम्याप अगाडि बढ्दै छ । संसद विघटनको विरोधमा अहिले सडक तातेको छ । साथै, त्यसविरुद्ध सर्वाच्च अदालतमा मुद्धा दायर भइसकेको अवस्था छ । आजैबाट यसमा सुनुवाई प्रारम्भ भइसकेको छ । प्रधानन्यायधीश चोलेन्द्रसम्शेर राणाले पाँच सदस्यीय संवैधानिक इजलाश गठन गरेर सुनुवाई थालेका छन् ।
अबको रोल प्लेयर भनेको राणा भएका छन् । विज्ञहरुको भनाईमा अब रोडम्याप अनुसार अगाडि बढ्दा दक्षिणले ओली भन्दा राणालाई प्रभावित पार्न खोज्छ । राणाले इजलाश गठन गर्दा त्यसको छनक दिइसकेका छन् । किनभने उनले वरिष्ठहरुलाई राख्ने नजिर विपरित आफू अनुकुल चार न्यायधीशको इजलाश बनाएका छन् ।
स्रोत भन्छ– अब सबै काम सर्वाेच्चमार्फत गर्ने रणनीति बनेको हुनसक्छ । त्यसका लागि पात्र र भूमिका फेरिएको हुनुपर्छ । ओलीको भूमिका अहिलेलाई यति नै, बाँकी राणाले गर्लान् – स्रोतको दाबी छ । राणा निकट भरपर्दाे स्रोतले नेपालबहस डटकमलाई दिएको खबर अनुसार, केही दिन अघि मात्रै राणाले एक पारिवारिक भोजमा यो प्रसंग निकालेका थिए । त्यहाँ उनले भनेका थिए– यो देशको कार्यकारी प्रमुख हुने दोस्रो न्यायमूर्ति हुने पालो अब मेरो । त्यो टपरे बाहुन- खिलराज रेग्मी¬) त भयो म त श्री ३ को खलक । यति भन्दा श्रीमानलाई अलि चढिसकेको थियो– स्रोत भन्छ ।
जे भएपनि राणाले भनेको यदि सत्य हो भने हाम्रा विज्ञको अनुमान फेरिपनि सही हुन सक्छ । उनीहरुको भनाईपनि अब नेपालको राजनीति फेरि अस्थिर हुनेछ । ओलीलाई अब अरू ४/५ महिना मात्रै पदासिन गराउने रोडम्याप बनाइएको छ । त्यसपछि हिन्दु राष्ट र संवैधानिक राजाकाे लागि जनमत संग्रहकाे निष्पक्ष चुनाव गराउन फेरिपनि प्रधानन्यायधीशकै नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव दक्षिणले प्रोजेक्ट गर्न सक्छ ।
हुनपनि परिस्थिति हेर्दा त्यही दिशातर्फ उन्मुख रहेको प्रतीत हुन्छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गर्न तम्सिने प्रधानमन्त्रीलाई त्यो आँट र बल कसरी प्राप्त भयो त ? प्रश्न गम्भिर छ । ओलीलाई प्रयोग गर्न सक्ने शक्तिले राणालाई गर्न सक्दैन भन्ने आधार पनि रहेन । त्यसैले नेपालको राजनीतिले फेरि नयाँ अभ्यास गर्ने विज्ञहरुको भनाई यथार्थमा परिणात नहोला भन्न सकिन्न ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार