आज सबै जिल्लामा प्रचण्ड-माधव पक्षले भेला गर्दै
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १४:५४:३६
१२ पुष, काठमाडौं । संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले संसद पुनःस्थापना गरेरै छोड्ने बताएका थिए ।
आन्दोलनका कार्यक्रम अन्तर्गत पुष ११ गते शनिबार सबै प्रदेश कार्यालयहरुको संयोजनात्मक बैठक बसेको सो पार्टीले जनाएको छ । पहिलो चरणको संघर्षका कार्यक्रम सम्पन्न गर्न नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५ सय २१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको छ ।
संसद विघटनका विरुद्धमा सर्वोच्च अदालतमा समेत एक दर्जन बढी रिट परेका छन् । जसको बुधबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ।
यता , नेकपा पार्टी राजनीति विभाजनमा आइसक्दा पनि तटस्थ देखिने प्रयास गरेका उपाध्यक्ष बामदेव गौतमले नेकपाको एउटा खेमाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू अझै केही दिन मध्यस्थकर्ताकै रुपमा रहने स्पष्ट पारेका छन्।
शनिबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका गौतमले पार्टी एकताको अझै पनि आशा रहेको र त्यसका लागि आफूले पहल गरिरहेको सुनाएका हुन्।
यस्तै प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको समूहको केन्द्रीय नेतादेखि जनवर्गीय संगठनका बैठक आज बस्ने भएकाे छ । केन्द्रमा मात्र होइन्, प्रदेश र स्थानीय तहमा समेत बैठक गरी कार्यकर्ता आफूतर्फ तान्ने कसरतमा दुवै समूह रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार