अब प्रमुख प्रतिपक्षी दलकै भरमा नेकपाका दुबै पक्ष
कुसुम सेञ्चुरी
पुस १२, २०७७ आइतबार १८:२१:४४
१२ पुष, काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी दुई चिरा परेपछि विकसित घटनाक्रमले देशमा राजनीतिक दुर्घटना निम्त्याउने संकेत गरेको छ । संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गराएपछि मूलधारका राजनीतिक दलहरुमा ध्रुवीकरण चुलिएको छ ।
विघटन प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस बीचको बाटोमा उभिएको छ भने अरु दलहरु लगभग एकैथलोमा पुगेको अवस्था छ । ओली नेतृत्वको नेकपाको वर्चश्व रहेका प्रदेश सरकारहरु पनि धर्मराउन थालेका छन् । प्रदेश नं. २ बाहेक अन्यत्र नेकपाकै सरकार रहेकाले ती सबैमा पार्टी विभाजनको छायाँ परेको छ । साथै, अब प्रमुख प्रतिपक्षी दलकै भरमा नेकपाका दुबै पक्ष परेका छन् ।
केन्द्रमा समेत नेपाली कांग्रेसले प्रष्ट नीति अख्तियार गरेको छैन । एकातिर ओलीको कदमलाई असंवैधानिक करार गरेको छ भने अर्कातिर निर्वाचनमार्फत सरकार बनाउने अभियानलाई समेत बल दिन खोजेको छ । जानकारहरु भन्छन्, यो सबै सभापति शेरबहादुर देउवाको सत्तामा पुग्ने चाला मात्रै हो । नत्र असंवैधानिक कदमको विरोधमा आन्दोलन नै गर्नुपथ्र्याे । यद्यपि पार्टीले भोलिका लागि देशैभरिका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय चाहिं गरिसकेको छ ।
प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वाेच्च अदालतबाट आउने फैसलाका आधारमा दुई मध्ये एउटा नेकपासँग मिलेर सरकार बनाउने उनको दाउ देखिन्छ । देउवाको बुझाईमा अबको प्रधानमन्त्री उनै हुन् । किनभने ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी जो गरेका छन् – ती नेताले ढट्टाको शैलीमा भने ।
पार्टी नेतृत्वको दोधारे नीतिले गर्दा जिल्ला जिल्लामा कार्यकर्ता भने अन्योलग्रस्त देखिएका छन् । कि त प्रष्टसँग आन्दोलनमा जानुपर्यो , या सत्ताको खेलमा अल्झनु पर्यो– यस्ता गुनासो गर्ने कार्यकर्ता धेरै छन् । प्रमुख प्रतिपक्षी दल भनेको वैकल्पिक सरकार हो तर अहिले उसको नीति भने अर्काको पिछलग्गु जस्तो देखियो भन्दै एक केन्द्रीय सदस्य भन्छन्– अहिले त कांग्रेस सत्ताबाट टाढै रहेको सन्देश जनतासमक्ष दिनेबेला हो । त्यसैले हामीले प्रष्ट रुपमा आन्दोलन गर्ने सन्देश दियौं भने मात्रै चुनावमा जान पनि सहज हुनेछ ।
अहिल्यै सत्ताका लागि च्याँखे थापेको जस्तो सन्देश जाने हो भने कांग्रेस फरि पनि प्रतिपक्षमै रहने हो भन्दै उनले कांग्रेस एक्लै आन्दोलनमा जान सक्नुपर्ने बताए । तर देउवाको सोच भने त्यस्तो देखिंदैन । प्रतिनिधिसभा विघटन सम्बन्धी सर्वाेच्च अदालतबाट आउने फैसलाका आधारमा दुई मध्ये एउटा नेकपासँग मिलेर सरकार बनाउने उनको दाउ देखिन्छ । देउवाको बुझाईमा अबको प्रधानमन्त्री उनै हुन् । किनभने ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्ने भविष्यवाणी जो गरेका छन् – ती नेताले ढट्टाको शैलीमा भने ।
देउवाको यो शैली र प्रवृत्तिले फेरि ०५९ साल नदोहरिएला भन्न सकिन्न । त्यतिखेर राजा ज्ञानेन्द्रको उक्साहटमा लागेर देउवाले पार्टी निर्णयको अवज्ञा गर्दै यस्तै परिवेशमा प्रतिनिधिसभा विघटन गराएका थिए । त्यसपछि देश अँध्यारो सुरुङमा फसेको इतिहास ताजै छ । उक्त घटनाबाट समेत देउवाले पाठ सिकेको देखिएन । अहिले उनी प्रष्ट रुपमा एउटा कित्तामा उभिनुपर्ने बेला हो । त्यसले मात्रै लोकतन्त्रलाई मजबूत बनाउन सक्छ । तर सत्ता स्वार्थ स्वार्थका लागि देउवा निरिह देखिएका छन् ।
सरकारले गल्ती गर्दा खबरदारी गर्ने मुख्य जिम्मेवारी प्रमुख प्रतिपक्षी दलको हो । किनभने उ वैकल्पिक सरकार पनि हो । तर देउवाले आफ्नो भूमिकाप्रति कहिल्यै न्याय गर्न सकेनन् । त्यसको प्रभाव आम कांग्रेसजनले भोग्नु परिरहेको छ । नेपाली कांग्रेस स्थापनादेखि नै लोकतन्त्र र संविधानवादको सर्वाच्चतालाई आधार बनाएर आएको हो । अहिले संविधानमाथि ठाडो प्रहार भएको छ ।
लोकतन्त्र क्षतविक्षत भएको छ । त्यसैले सबै मुद्धा थाँती राखेर अहिले केवल संविधान र लोकतन्त्रको रक्षा गर्न मात्रै भएपनि कांग्रेस सडकमा जानैपर्ने हो । पुस ५ गते ओलीले नेपालको संविधान , २०७२ माथि कू गरेका छन् । त्यसको विरोधमा तत्क्षण कांग्रेस सडकमा जानुपर्नेमा सभापति नै अलमलमा देखिएका छन् । यसले कांग्रेसलाई मात्र होइन समग्र प्रजातन्त्रलाई नै खतरामा पारेको छ ।
ओली भनेको सर्वसत्तावादी चरित्रको व्यक्ति भएको जगले अनुुभूति गरिसक्यो । उनी आफ्नो गुटको हितका लागि जस्तोसुकै अलोकतान्त्रिक कदम चाल्न नडराउने रहेछन् । त्यस्ता व्यक्तिका पछाडि लागेर कांग्रेस बस्ने हो भने ढिलो चाँडो यो देशमा फेरि निरंकुशताले टाउको उठाउने निश्चित छ । त्यसमा थोर बहुत अंश कांग्रेसजनलेसमेत लिनुपर्ने हुन्छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपआईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
छोटै समयमा प्रदीप अधिकारीले देखाएको आर्थिक लिला, यो घर कसरी ठडियो डीजी साप ?
चैत १४, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार