नयाँ कोरोना देखिएपछि जापानमा प्रतिबन्ध
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार १९:२०:३५
१२ पुष, काठमाडौं । जापानले नेपाल लगायतका मुलुकहरुबाट जाने विदेशी नागरिकहरुलाई देशभित्र प्रवेश गर्न नदिने भएको छ । जापानमा कोरोना भाइरसको नयाँ प्रकार भेरियन्ट भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाएको हो ।
जापानको विदेश मन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुका लागि लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ । जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जपानमा बसोबास गर्ने विदेशीहरुले भने जापानमा आउन पाउनेछन् ।
तर, उनीहरुले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । शनिबार जापानको टोकियोमा कोरोनाको नयाँ भेरियन्टका दुई संक्रमित फेला परेका थिए । उनीहरु बेलायत भ्रमणबाट फर्किएका थिए । यसअघि शुक्रबार पनि बेलायतबाट आएका पाँच जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो ।
कोरोनाको नयाँ भेरियन्ट सबैभन्दा पहिला बेलायतमा देखिएको थियो । बेलायतमा कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै विश्वका ४० भन्दा धेरै मुलुकहरुले बेलायतमाथि प्रतिबन्ध लगाइसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार