नेपाल इन्फ्रास्ट्रक्चरले पायो आईपीओ निष्काशनको अनुमति
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २०:४५:५१
१२ पुष, काठमाडौं । नेपाली आईपीओ निष्काशन इतिहासमा हालसम्मकै ठूलो आईपीओ निष्काशन हुने भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले माग बमोजिमको निष्काशन अनुमति दिएसँगै बजारमा ठुलो मात्रामा आईपीओ आउने भएको हो ।
बोर्डले गते शुक्रबार आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न बोर्डसँग माग गरेको थियो । मंसिर ३ गते बसेको साधारणसभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको थियो ।
बैंकले जारी गर्न लागेको आइपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो भने बैंकले जारी गर्न लागेको यो सार्वजनिक निष्काशन पनि हालसम्मकै ठूलो हुनेछ । बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।
काठमाडौं नयाँ बानेश्वरमा रजिष्टर्ड कार्यालय रहेको बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा कार्य गर्न स्वीकृति प्राप्त गरी २०७५ फागुन २२ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो । जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका परियोजनाहरुमा श्रोत लगानी गर्ने मूल उद्देश्य लिई स्थापना भएको बैंकले मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन श्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने श्रोत उपलब्ध गराउने लक्ष्य लिएको छ ।
आर्थिक वर्ष २०७६/७७को वित्तीय अवस्था
आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार बैंकले खुद नाफा गत आ.व.को तुलनामा २६.४१ प्रतिशतले बढाएको छ। बैंकले खुद नाफा ८४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले ६७ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ७१ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यो मुनाफा ९६ करोड १२ लाख रुपैयाँमा सीमित थियो। यस अवधिसम्म बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद ब्याज आम्दानीबापत आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत १ अर्ब १३ करोड रुपैयाँ आर्जन गरेको थियो। बैंकले समीक्षा अवधिसम्म २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ करोड ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले २० करोड निक्षेप संकलन गरी ७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकले रिजर्भको आकार १०६.९७ प्रतिशतले बढाउँदै १ अर्ब ६३ करोड रुपैयाँको बनाएको छ। अघिल्लो वर्ष बैंकको रिजर्भ ७८ करोड ९८ लाख रुपैयाँको थियो। बैंकको प्रतिसेयर आम्दानी (इपीएस) ७.०६ रुपैयाँ रहेको छ। नेपालमा पूर्वाधार विकासका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय योजनाआयोगले गरिएको एक अध्ययनले नेपालमा सन् २०२५ सम्म करिब रु. १०० खर्बको लगानीको आवश्यकता देखिएको छ । त्यति ठुलो मात्रामा आवश्यक पर्ने लगानी जुटाउन नेपालमा भएका वाणीज्य बैंक तथा वित्तीय संस्थाहरुबाट मात्र सम्भवन नहुने देखेर पूर्वाधार विकास बैंकको परिकल्पना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
कालिका लघुवित्तले २०७९/०८० लाभांश वितरण नगर्ने
पुष २९, २०८० आइतबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार