तमु ल्होसार शुभकामना गीत सार्वजनिक
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २१:९:४८
१२ पुष ,काठमाडैं । गुरुङ समुदायको महान पर्व तमु ल्होसारका अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । यही पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा सङ्गीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ ।
गीतको भिडियो गायक पवन राना युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोमा अभिनय गरिसकेकी मोडल कुसुम गुरुङको सशक्त अभिनय रहेको भिडियोमा गुरुङ संस्कृतिका विभिन्न संस्कार देखाइएको छ ।
पर्यटकीयस्थल गोर्खाको सिरानचोकमा छायाङ्कन गरिएको उक्त गितको निर्देशन दीप कोके गुरुङको छभने छायाङ्कन मधुर बस्नेतको रहेको छ । हाल जापानमा रहेका मनराज गुरुङको शब्द सङ्गीत रहेको गीतको सङ्गीत संयोजन विलन थापाले गरेका छन् ।
स्थायी डिजिटलमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ मास्टरिङ कुमार थापाले गर्नुभएको हो । सो गीतका गायक पवन रानाको ‘ए साइली’ कौडा गीतमा अहिले देशव्यापी भिडियो प्रतिस्पर्धा पनि भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार