
१२ पुष, काठमाडाैं । शेयरबजारमा आज गिरावट देखिएको छ । नेप्से परिसूचक ३९ दशमलव ९८ अंकले घट्दै १९९८ दशमलव ६५ को विन्दुमा बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेकोमा ४ अर्ब ६६ करोडको शेयर कारोवार भएको छ ।
दोश्रो बजार २०४७ को विन्दुमा खुलेकोमा त्यही विन्दु नै उच्च विन्दु रहेको थियो । बजारको न्यून विन्दु १९९४ रहेको छ । बजार बन्द हुँदा न्यून विन्दु भन्दा थोरै माथि बन्द भएको छ ।
आजको ग्राफ हेर्दा बिक्रीकर्ता पुरै हावी भएको देखिन्छ । बजारले ईण्ट्राडेमा केही समय अघिको उच्च विन्दु तोड्न प्रयास गर्दा पनि तोड्न असफल भएको थियो । यसको अर्थ बजारमा बिक्रीकर्तालाई खरिदकर्ताले जित्न नसकेको देखिन्छ ।
बजार घटेमा १९०० को क्षेत्रमा टेवा प्राप्त गर्ने देखिन्छ।
आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :
आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :
आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :
(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )
प्रतिक्रिया