भारततिर लैजाँदै गरिएका मूर्ति बरामद
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २२:८:३७
१२ पुष, झापा । नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ । तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए ।
बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालय बुझाइने छ । उनका अनुसार बरामद भएका मूर्ति पुरातात्विक महत्वका नभए पनि लुकिछिपी अवैध रुपमा भारततर्फ लैजान लागेको हुँदा नियन्त्रणमा लिइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार