मतदाता नामावली अद्यावधिक गर्न शुरु
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २३:४१:४४
१२ पुष, काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुरु गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचनका लागि शुरुका चरणमा गर्नुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन दुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेको छ । यद्यपी, उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भएअनुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगित गरेको छ ।
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुपर्ने हुन्छ । निर्वाचनसम्बन्धी ऐन कानूनले व्यवस्था गरेअनुरुप त्यस्तो काम विधि र प्रकृयाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन ।
तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धाणका लागि मस्यौदा तयार गरिसकेको छ । उक्त मस्यौदालाई निकट भविष्यमै अन्तिमरुप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुमानको काम गरिरहेको छ । उक्त निर्वाचनका लागि केकस्ता क्रियाकलाप गर्नुुपर्छ, त्यसका लागि कति जनशक्ति केकति समय परिचालन हुन्छ र त्यसमा केकस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा बजेटको निक्र्योल गर्नुपर्ने भएकाले आयोगले बजेट अनुमान गर्ने काम भइरहेको बताइएको छ ।
विगतका निर्वाचनकै विधि प्रकृया र क्रियाकलाप गरिने भएपनि कति मात्रमा जनशक्ति परिचालन गर्छौ, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, केकस्ता सामग्री प्रयोग गर्छौ भन्नेसँग बजेट निर्धारण हुने उनले बताए । यद्यपी, अघिल्लो आमनिर्वाचनमा रु सात अर्बको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुने अनुमान छ ।
अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुपर्ने भएकाले केही खर्च थप लग्ने अनुमान गरिएको छ । बजेट तर्जूमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुरोध गर्ने छ । निर्वाचनका लागि प्रयोग हुने मतपेटिकालगायत अत्यावश्यक सामग्री जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुग हुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ । त्यससम्बन्धी विवरणप्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ ।
सवारी साधन, मेसिनरी औजारको सङ्ख्या र अवस्थाबारे आयोगले जिल्ला–जिल्लाबाट विवरण लिइरहेको छ । त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युटर, फोटो कपि, फयाक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि तत्तत् कार्यालयबाट मागी रहेको छ । निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिलाई विद्यमान, ऐन कानूनका आधारमै निर्वाचन हुने भएपनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुपर्ने छ । सो कार्य शुरु भएको छ ।
निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूचना प्रकाशित गर्ने, दलसँग अरु कार्यमा सर–सल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्ने सम्मका कार्य हुनेछ । त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरुपमा गर्ने छ । निर्वाचन आयोगमा हाल १३० भन्दा राजनीतिक दल दर्ता छन् । मतदातको सङ्ख्या भने एक करोड ५४ लाखको हाराहारीमा छ ।
निर्वाचनलाई व्यवस्थित र मर्यादित तुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पु¥याउनुपर्छ भनी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विगतका निर्वाचनमा आयोगमा रही अनुभव हासिल गरेका सूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चार माध्यमका प्रदाधिकारीसँग राय, सुझाव र सल्लाह लिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपचारका लागि आएका पुरुषको मलद्वारमा बोतल अड्किएको देखिएपछि...
बैशाख १०, २०८१ सोमबार
आगलागीमा घर जलेपछि दुई परिवारको बिचल्ली, लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति
बैशाख १०, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
फिल्म ‘एक्टर’को शुभ मुहूर्त
बैशाख ११, २०८१ मंगलबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार