सालकसहित मोटरसाइकल नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस १२, २०७७ आइतबार २३:४३:१५
१२ पुष, सिरहा । सिरहाको गोलबजारस्थित सशस्त्र प्रहरी बेसक्याम्पले संसारकै दुर्लभ मानिने अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइल नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–२ लालपुर फतिङ्गग्रा डाँडाबाट सालक र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।
बेसक्याम्पका प्रमुख दीपक कोइरालाका अनुसार सो डाँडाबाट तस्करी हुँदै छ भन्ने सूचना पाउनासाथ क्याम्पबाट खटिएको टोलीलाई देख्नबित्तिकै स १० प ३३३० नम्बरको मोटरसाइकलमा सवार व्यक्ति भागेका थिए । तस्करीमा संलग्न व्यक्तिको मोटरसाइकल बरामद भएकाले सवारीधनीका आधारमा स्थानीय प्रहरी, यातायात र वन डिभिजन कार्यालयसँग समन्वय गरी खोजी गरिने उनले बताए ।
सालक संसारको सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावर मानिन्छ । एक तथ्याङ्कअनुसार विश्वमा औसत पाँच मिनेटमा एक सालकको हत्या हुने गर्दछ । सालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।
बालीनालीको पहरेदार मानिने सालकले वर्षमा सात करोड कमिला र कीराफट्याङ्ग्रा खान सक्छ । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले सालकको व्यापारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा दुर्लभ तथा सुरक्षित वन्यजन्तुको ओखटोपहार राख्ने, खरीद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखसम्म जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बैशाख १०, २०८१ सोमबार
वडाध्यक्ष कारागार चलान
बैशाख ४, २०८१ मंगलबार
नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई पक्राउ
बैशाख ३, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्र दिवसको सान्दर्भिकता
बैशाख ११, २०८१ मंगलबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार