
१२ पुष, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
बैंकका अनुसार रु १० करोड बराबरको ट्रेजरी बिल भने ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल आगामी चैत १७ गते परिपक्व हुनेछ ।
यस्तै रु दुई अर्ब बराबरको ट्रेजरी बिल भने कूल ३६४ दिन अवधिका लागि बिक्री गर्न लागिएको हो । सो बिल भने २०७८ पुस १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पुस ६ गते पनि टे«जरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया
पढ्न लाग्ने समय : 0 मिनेट