छिनमै देखिने, छिनमै हराउने टावरले डोल्पाली हैरान !
नेपालबहस संवाददाता
पुस १२, २०७७ सोमबार २:९:२६
१२ पुष, डोल्पा । हिमाली जिल्लामा ल्यान्डलाइन, इन्टरनेट तथा मोबाइल टावरले राम्रोसँग काम गर्न छोडेको करीब एक महिना पुग्न थालेको छ । दुर्गम जिल्लाका जनता जोड्ने भरपर्दो माध्यमले राम्रोसँग काम नगरेपछि हैरानी खेप्नु परेको हो ।
जिल्लाका दुनै, जुफाललगायत ठाउँमा राखिएका नमस्ते तथा स्काईका टेलिफोन टावरबाट उपलब्ध फोन तथा इन्टरनेट सेवा कमजोर भएपछि नागरिक हैरानीमा परेका हुन् । छिनमै देखिने, छिनमै हराउने र कुरै नबुझिने फोन तथा इन्टरनेट सेवाका कारण एक मिनेट कुरा गर्न पनि घण्टौँ कुर्नुपर्ने सर्वसाधारणले बताएका छन् ।
मुड्केचुला गाउँपालिकाका स्थानीयवासी हितकुमार रोकायले फोनले काम गर्न छोडेको लामो समय भए पनि सुधारका लागि अझै प्रयास नभएको गुनासो गरे । “सदरमुकाम दुनैकै फोन सेवा काम नलाग्ने भएको छ, बिसौँ पटक फोन डायल गर्दा पनि न यताको आवाज उता राम्रोसँगै सुनिन्छ न त उताको नै, डोल्पालीले ठूलो सञ्चार सास्ती खेप्नुपरेको छ”, रोकायले बताए ।
पटकपटक अवरुद्ध भइराख्ने टेलिफोन टावर तथा जलविद्युत्को गुणस्तर सुधारका लागि जिल्लाका नेतृत्व उदासीन हुँदा बारम्बार नागरिकले सास्ती खेप्दै आएको समाजसेवी ओमेन्द्र केसीले बताए । नेपाल टेलिकमको कमजोर सेवाकै कारण वर्षमा दर्जनौँ पटक दुर्गमका नागरिकले सञ्चारको समस्या भोग्दै आएको उनको भनाइ छ ।
लामो समयदेखि गुणस्तर खस्केको टेलिफोन तथा इन्टरनेट सेवाका कारण जिल्लाका सरकारी तथा तथा गैरसरकारी कार्यालयको सेवा प्रवाहसमेत प्रभावित भएको छ । कमजोर सेवाका कारण हैरान भएपछि नागरिक, स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी आफैँ दूरसञ्चार कार्यालय धाउन थालेका छन् । “फोन तथा इन्टरनेटले काम नगरेकै कारण जनताको सेवा प्रवाहमा ढिलासुस्ती भएको छ, मिनेटमै हुने कामका लागि पनि घण्टौँ कुरेर पनि हुँदैन”, डोल्पोबुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पँगेनीले गुनासो पोखे ,
जनताको विकास योजना सम्झौतादेखि पेस्की रकम निकास गर्नसमेत हम्मेहम्मे परेको उहाँको भनाइ छ । जिल्लामा बाँडिएको एडिएसल इन्टरनेट सेवाले काम नगरेपछि सबैभन्दा धेरै बैंक शाखामा भीडभाड लाग्ने गरेको छ । नयाँ खाता खोल्ने, चेक सटही गर्ने तथा बचत गर्नेलगायत कामका लागि सर्वसाधारणको भीडभाड लाग्ने बताइएको छ । इन्टरनेटले काम नगरेकै कारण हप्तौँदेखि नयाँ खाता खोल्ने फाइल त्यतिकै थन्किएको सिटिजन्स बैंक दुनै शाखाका कर्मचारी धनगिरि फडेराले बताए ।
बढ्दो अनलाइन कक्षाका कारण प्रयोगकर्ता बढेकै कारण डोल्पाको फोन तथा इन्टरनेट सेवा कमजोर भएको दूरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ । नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जको टोली डोल्पा आइसकेकाले छिट्टै सुधार हुने आशा रहेको दूरसञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए । डोल्पाको टेलिफोन टावरको गुणस्तर सुधारका लागि जनताले सम्बन्धित निकायलाई माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार