रेडपाण्डा व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १३:५९:५९
१३ पुष, इलाम । यहाँस्थित सन्दकपुर गाउँपालिकाले लोपोन्मुख रातो हाब्रे ‘रेड पाण्डा’ व्यवस्थित गर्न रु ७८ लाखको ठेक्का लगाएको छ । सन्दपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिने भएको हो ।
माइपाताल हाब्रे पाइने ठाउँका रूपमा प्रख्यात हो । पर्यटक आगमन गराउन गाउँपालिकाले रेडपाण्डा नेटवर्कको सहकार्यमा यो काम गर्न लागेको हो । पालिकाले यस क्षेत्रमा हाब्रे व्यवस्थित गर्न उपयुक्त वातावरण बनाउन र आक्रमणबाट जोगाउन ठेक्का दिएको हो । गाउँपालिकाका प्रवक्ता गिरिराज खनालका अनुसार हाब्रे व्यवस्थापनका लागि हेरालुसमेत राखिने भएको छ ।
खनालका अनुसार हाब्रे बस्ने वातावरण मिलाउन गाउँपालिकाले ठूला रुखसमेत काट्ने छ । “हामी रेडपाण्डालाई प्रभावित पार्ने रुखबिरुवा काट्दै छौँ”, प्रवक्ता खनालले भने, “स्थानीय प्रजातिका रुख बिरुवा रोप्ने छौँ ।” हेरालुका लागि व्यवस्थित गर्नैका लागि संरचना समेत गाउँपालिकाले बनाएको हो । गाउँपालिकाको केन्द्र देउरालीबाट ‘अल वेदर’ सडक लगिने गाउँपालिकाले जनाएको छ । यसै आर्थिक वर्षको अन्त्यसम्ममा यो काम सम्पन्न गरिने छ ।
उच्च पहाडी क्षेत्र भएकाले रेडपाण्डासँगै अन्य वस्तुको अवलोकनसमेत यस ठाउँमा हुनसक्ने अनुमान गाउँपालिकाको छ । यस क्षेत्रमा लेकाली वनस्पति र अन्य जीवजन्तुसमेत पाइने बताइएको छ । पर्यटकीय क्षेत्र छिन्टापु जाने बाटो भएकाले भावी दिनमा यस ठाउँमा जाने पर्यटकसमेत हाब्रे अनुगमनमा आउने अनुमान छ ।
हाब्रे व्यवस्थित गर्न वृक्षरोपण
यस्तै, सन्दकपुर गाउँपालिकाकै हाब्रे व्यवस्थापनका लागि जौवारीमा ७०० रोपनी जग्गामा वृक्षरोपण गर्न थालिएको छ । रेडपाण्डा आवतजावत गर्ने जैविक मार्ग संरक्षण गर्नका लागि निजी आवादी जमिन खरिद गरेर सरकारको मातहतमा ल्याई रेडपाण्डा संरक्षणका लागि वृक्षरोपण थालिएको हो ।
रेडपाण्डा संरक्षणका लागि रेडपाण्डा नेटवर्कको सहयोगमा उच्च पहाडी संस्थाले जिल्ला वन कार्यलयको रोहबरमा जग्गा संरक्षण गरेको उच्च पहाडी संस्थाका कार्यक्रम संयोजक धनबहादुर खाम्दाक बताउछन् । “नेपाल र भारतको सीमा क्षेत्रमा पर्ने भएकाले भारततर्फ सिंहलीला नेशनल पार्क रहेको छ”, उनी भन्छन्, “त्यो क्षेत्र संरक्षित छ, नेपालतिर जङ्गल विनाश भएर गएको छ ।”
नेपालतिरको जङ्गल विनाश भएकाले वन्यजन्तु आवतजावतको लागि समस्या भएको बताइएको छ । त्यसको समाधानको लागि नेपाल र भारतबीचको जैविक मार्ग जोड्न पनि वृक्षरोपणको काम थालिएको उनको भनाइ छ । रेडपाण्डाको चरिचरन तीव्र भएको र वनजङ्गल विनाश भएसँगै निजी आवादीमा रेडपाण्डाको वासस्थान मासिएका कारण संरक्षण थालिएको हो ।
संस्थाले गत वर्ष १७५ रोपनी जग्गा र यस वर्ष १९८ रोपनी जग्गा खरिद गरेर वृक्षरोपणको काम शुरु गरेको हो । उक्त ठाउँमा विभिन्न व्यक्तिका नाममा रहेको जग्गा खरिद गरी तारबार गर्ने काम थालिएको खाम्दाकको भनाइ छ । करिब तीन हजार मिटर क्षेत्रमा तारबारको तयारी गरिएको छ भने त्यस क्षेत्रकोे आसपासमा रहेका सरकारी जग्गासमेत समेटेर करिब ७०० रोपनी क्षेत्रफलमा वृक्षरोपणको काम थालिएकोे छ ।
रेडपाण्डाको आहाराको रूपमा रहेको वनस्पति मालिङ्गो टेङ्गा, कुलिङ्गा चिमाल, वाण्टे, भालुचिन्डे गुराँसजस्ता वनस्पति लगाइएको छ । संस्थाले रेडपाण्डाको गतिविधि र क्रियाकलाप दैनिक अनुसन्धान गर्न एक वर्षका लागि १० वटा रेडपाण्डामा सेटेलाइट कलरिङ गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्यटनमा नयाँ गन्तव्य: पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन
बैशाख ६, २०८१ बिहिबार
पर्यटकको बसाइ लम्ब्याउन नयाँ गन्तव्यको खोजी
बैशाख ६, २०८१ बिहिबार
दाङको पर्यटकीयस्थल धारापानीमा चहलपहल बढ्यो
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार