कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दै
नेपालबहस संवाददाता
पुस १३, २०७७ सोमबार १४:३२:४९
१३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गर्दैछ । १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।
विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भने आफ्नो निर्वाचन क्षेत्रमा जाने छैनन् ।
कार्यव्यस्तताको कारण देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ । नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।
प्रदर्शनका लागि कांग्रेसका शीर्ष नेताहरू आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्। सभापति देउवा डडेलधुरा गएका छैनन्। देउवाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
काठमाडौंको कोटेश्वरमा हुने प्रदर्शनपछिको सभालाई प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। केन्द्रीय सदस्य गगन थापाले नेपालगञ्जको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
काठमाडौंका दश निर्वाचन क्षेत्रका विभिन्न १५ ठाउँमा आज प्रदर्शन र सभा हुनेछ। अधिकांश प्रदर्शन दिउँसो १ बजेदेखि सुरू हुने कांग्रेसले जनाएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार केन्द्रीय सदस्यहरू आफ्नो गृह जिल्लामा हुने कार्यक्रममा सहभागी हुने तय भएको छ। प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुलाई कांग्रेसले असंवैधानिक भनेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार