शुक्रबार , बैसाख ३१, २०७८

आईजीपी व्याचकै दर्जनौ एसएसपी फेरि बढुवाबाट बञ्चित, डीआईजी हुने ९ जना को को हुन् ?

आईजीपी व्याचकै दर्जनौ एसएसपी फेरि बढुवाबाट बञ्चित, डीआईजी हुने ९ जना को को हुन् ?

१३ पुष, काठमाडौं । लामो समयको प्रतिक्षापछि गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त ९ डीआईजी पदमा बढुवा सिफारिस गरेको छ ।गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा आज बसेको बढुवा सिफारिस समितिको बैठकले ९ एसएसपीहरुलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरि मन्त्रीपरिषदका फेरबदल गरेपछि प्रहरीको बढुवातर्फ आँखा लगाएका हुन् ।

बढुवा पाउने भाग्यमानीहरुमा एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा.देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य रहेका छन् । बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । यद्यपि सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि ९ जना पुगेको थियो । यसअघि ४ जना डीआईजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।

डीआईजीका लागि प्रहरी महानिरीक्षक क्षेत्रीकै ब्याचका टोलीसहित ११ चैत २०४९ र ५ चैत २०५१ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली प्रतिस्पर्धामा थियो । आईजीपी क्षेत्रीका ब्याचका १४ जना एसएसपी डीआईजी बढुवाको प्रतीक्षामा थिए । त्यसमध्य अझै ५ जना बढुवाबाट बञ्चित भएका छन् ।

क्षेत्रीका ब्याचका दीलिपकुमार चौधरी, नरोत्तमलाल प्रधान, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला र प्रदीपकुमार श्रेष्ठ डीआईजी बढुवाका दाबेदार भएपनि यसपटक पनि उनीहरु परेनन् ।

निरीक्षकमा ११ चैत २०४९ मा भर्ना भएका क्षेत्रीको वैकल्पिक ब्याचका एसएसपीहरु पनि डीआईजी बढुवाको पर्खाइमा थिए । यही टोलीका विश्वराज पोखरेल एआईजी भइसकेका छन् ।

बढुवाको लाइनमा रहेर पनि छुटने एसएसपीहरुमा सुशीलकुमार यादव, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत पनि छन् ।

police 595x768 1

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय