छात्रावास तोडफोड गर्ने चिकित्सक पक्राउ
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार १:२१:२६
१३ पुष, विराटनगर । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको छात्रावासमा रहेका एक इन्टर्न डाक्टरले बाहिरबाट साथी ल्याएर तोडफोड गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति इन्टर्न रोशन यादव र उनका साथी केशव यादवले रक्सी खाई मातेर होस्टल बाहिरका साथीसमेत ल्याई तोडफोड गरेको प्रतिष्ठान होस्टल प्रशासनले जनाएको छ । घटनालगत्तै उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मादकपदार्थ सेवन गरेका यादव सप्तरी भारदहका साथी केशवलाई लिएर होस्टल पुगेका थिए । सुरक्षाका लागि होस्टलमा राखिएका सुरक्षा गार्डलाई समेत धम्काएर उनीहरु प्रवेश गरेको बताइएको छ ।
तोडफोडमा संलग्न इन्टर्न यादव पटकपटक कानूनी कारवाहीमा परेका व्यक्ति भएको प्रतिष्ठानले जनाएको छ । सप्तरी भारदह घर भएका यादव बिपी प्रतिष्ठानबाट एमबिबिएस सकेर एक वर्ष इन्टर्न कोर्ष गर्दै थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार