सर्वोच्च अदालतका न्यायाधीशलाई संविधान राम्रोसँग पढ्न कांग्रेस नेता पौडेलको चेतावनी
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार १:४१:२६
१३ पुष, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका न्यायाधिशहरुलाई संविधान राम्रोसँग पढ्न चेतावनी दिएका छन् । कांग्रेसभित्र सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीको संसद बिघटनको कदमप्रति सकारात्मक रहेको चर्चा चलिरहँदा वरिष्ठ नेता पौडेलले अदालतको सम्भावित निर्णयप्रति सडकबाटै खबरदारी गरेका हुन् ।
आज तनहुँमा आयोजित बिरोध प्रदर्शनमा वरिष्ठ नेता पौडेलले अदालतका न्यायाधिशप्रति लक्षित गर्दै भने “ यो संविधानको अक्षर, यो संविधानको भावना र विधिदाताको मनासय बुझिदिन आग्रह गर्दछु ।’ मुलुकलाई अफगानिस्तान जस्तो बन्नबाट जोगाउन सर्वोच्च अदालतले मात्र सक्ने पौडेलको कथन थियो । यो देशलाई विखण्डनमा पुग्न नदिन, यो मुलुकलाई अफगानिस्तान जस्तो बन्न नदिन अझै पनि सर्वोच्च अदालतले रोक्न सक्ने पौडेलले बताए ।
कांग्रेस तनहुँले निर्वाचन क्षेत्र नम्बर १ को दमौली र निर्वाचन क्षेत्र नम्बर २ को भीमादमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले सरकारले संसद विघटन गरेर गल्ती गरेको र अदालतले त्यसलाई सच्याउने विश्वास गरेका छन् ।
मुलुक शक्तिकेन्द्रहरुको चलखेल गर्ने अखडा बनेको बताउँदै नेता पौडेलले प्रतिनिधिसभा विघटन बिना बादल वर्षा जस्तो भएको बताए । संसद बिघटन प्रधानमन्त्री र राष्ट्रपतिले मात्र होइन यसको पछाडि अन्य शक्तिकेन्द्रको पनि भूमिकारहेको दावी गर्दै उनले सम्भवनै नभएको कुरा कसरी विघटन भयो ? यसले गम्भिर आशंका जन्माएको जिकिर गरे ।
त्यसैले ‘सर्वोच्च अदालतले सरकारको गल्ती सच्याउनै पर्छ, अब भरोसा भनेको अदालतसँग मात्र छ’, नेता पौडेलले भने, ‘मुलुकलाई संकटबाट बचाउन पनि प्रतिनिधिसभा पुनःस्थापना गरी संविधानको सर्वोच्चतालाई जोगाउनु पर्छ । यो अवस्थामा मुलुकले निर्वाचन खर्च समेत धान्न नसक्ने अवस्थामा छ ।’
‘नेपाल कम्युनिष्ट पार्टीको विवादसँग जोडेर प्रतिनिधिसभा विघटन गरिनु दुःखद् हो’, उनले भने ‘संविधानमा संसद विघटनको व्यवस्था नै छैन, व्यवस्थामा नै नभएको कुरा सरकारले गरेको र संविधानको रक्षक राष्ट्रपतिबाट पनि गम्भीर गल्ती भएको छ ।’ नेता पौडेलले यो मुलुक र संविधानको रक्षका लागि अब सिद्धान्त र आदर्शप्रति समर्पित नेपाली कांग्रेस, लोकतन्त्रप्रति समार्पित नेपाली कांग्रेसलाई जनताले खोजेको दाबी गरेका छन् ।
यस्तै, विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले भने प्रधानमन्त्री ओलीको कदमलाई सर्मथन पुग्ने गरि निर्वाचनमा जानुपर्ने तर्क गरेका छन् । उनले मुलुक इतिहासकै जटिल अवस्थामा पुगेको बताउँदै यो संकटबाट निकास दिन पार्टीको केन्द्रीय समितिले समयमै एउटा निष्कर्ष निकालेर ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका हुन् ।
विरोध सभामा कांग्रेसका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, प्रदीप पौडेल लगायतका नेता कार्यकर्ताहरुले पार्टीमा केही कमजोरी रहे पनि दबाबपूर्ण आन्दोलन गर्न सके मात्र लोकतन्त्र बच्ने दाबी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
गण्डकी प्रदेश प्रमुख भट्टले वैशाख ७ मा बोलाए अधिवेशन
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार