वालिङ नगरपालिका स्तरीय कृषक संजाल र निजी क्षेत्रबीच अर्न्तक्रिया
नेपालबहस संवाददाता
पुस १३, २०७७ मंगलबार २:३०:३६
कला राना
१३ पुष, स्याङजा । वालिङ नगरपालिका स्तरीय कृषक संजालको बैठक तथा कृषि उत्पादन तथा बजारीकरण सम्बन्धी निजी क्षेत्र र संजालबीच अन्र्तक्रिय सम्पन्न भएको छ । कृषक सञ्जालको आयोजना तथा दियालो, सुआहारा र युएनडिपिको सहयोगमा अन्तक्रिया गरिएको हो ।
अन्र्तक्रियामा नगरपालिका उपप्रमुख कल्पना तिवारीले विभिन्न साझेदारी संस्थाहरुसंग सहकार्य गर्दै उत्पादन बढाउने कार्य गरेको बताए । साथै उपप्रमुख तिवारीले परम्परागत कृषि प्रणालीमा धेरैकाम थोरै आम्दानी हुने भएकाले आधुनिक कृषि प्रणालीमा लाग्नुपर्ने बताउँदै कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा अध्यक्ष तथा नगरप्रवक्ता केदार काफ्ले, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, सुआहारा प्रदेश संयोजक याम जिसि, वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख देवकुमारी श्रेष्ठ, कृषि शाखा प्रमुख केश बहादुर थापा, दियालो युएनडिपिका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, दियालो सुआहारा कार्यक्रम प्रमुख ओमसुवा गुरुङ लगायतले बोलेका थिए ।
कार्यक्रममा संजालका अध्यक्ष चोलाकान्त अर्याल मधुले नगरपालिकाका कृषकका समस्या र आवश्यक्ता बारेमा प्रस्तुती दिए भने सुआहाराका कृषि अधिकृत अर्जुन सुवेदीले कृषि तथा समस्या समाधानका उपायहरु समेटेर आफ्नो प्रस्तुती दिएका थिए ।
त्यस्तै सरल कृषि कर्जाका बारेमा नेपाल ईन्भेस्टमेन्ट बैक वालिङ शाखाका प्रमुख उज्वल श्रेष्ठ रबाली तथा पशु बिमाको बारेमा रञ्जित श्रेष्ठले जानकारी गराएका थिए । कार्यक्रममा वालिङका अगुवा कृषक, निजि क्षेत्रका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुको सहभागिता थियो । कृषक संजालका अध्यक्ष चोलाकान्त अर्याल मधुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कमला न्यौपाने र सञ्चालन सचिव माया कुँवरले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि
बैशाख १०, २०८१ सोमबार
महोत्तरीका महिलालाई आत्मनिर्भर बनाउन साना किसान परियोजनाको सहयोग
बैशाख ९, २०८१ आइतबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार