आजबाट पीएम कपमा समूह बीका खेलहरु सुरु हुने
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार ११:५६:१३
१४ पुष, काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज ‘मंगलबार’बाट समूह बीका खेलहरु सुरु हुँदैछन् । दाङको लमहीमा सञ्चालित प्रतियोगितामा आज समुह बी अन्तर्गत दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकीसंग खेल्नेछ । खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टिम सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् ।
यस्तै, दोस्रो खेलमा बागमती प्रदेशले प्रदेश १ विरुद्ध खेल्नेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ । यसअघि समुह ए बाट विभागीय टिम एपीएफ र लुम्बिनी प्रदेश सेमिफाइनल प्रवेश गरिसकेका छन् । एपीएफ समुह विजेता तथा लुम्बिनी उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
समुह बीको विजेताले लुम्बिनी र उपविजेताले एपीएफसंग सेमिफाइनल खेल्ने छन् । समुह ए मा एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् । प्रदेश २ र कर्णाली प्रदेश भने प्रतियोगिताबाट बाहिरिएका छन् । यस्तै, समुह बीमा सुदुरपस्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार