वाग्मती अध्यक्ष कप फुटबल पुस २५ बाट सुरु
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १७:५३:१९
१४ पुष, काठमाडौं । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ । युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए । उनले भने, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
क्रोएसियाले इजिप्टमाथि ४-२ को जित निकाल्दा लुका मोड्रिचले दुई गोल गरे
चैत १५, २०८० बिहिबार
इटहरी गोल्डकप : त्रिभुवन आर्मी फाइनलमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार