कांग्रेसलाई नेकपा नामको फट्याङ्ग्राले जिस्क्यायो
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १८:५७:५६
नेपालको राजनीतिमा नेपाली कांग्रेसको अत्यन्तै महत्वपूर्ण र जिम्मेवारीपूर्ण भूमिका रहँदै आएको छ । देशमा १०४ बर्षसम्म असाध्यै दह्रो गरेर जरा गाडेर बसेको राणा शासनलाई समेत जनताको साथ र समर्थन अनि प्रजातान्त्रिक आन्दोलनले परास्त गर्न सफल भएको नेपाली कांग्रेसले पञ्चायतको कालरात्रीबाट जनतालाई छुटकारा दिलाउने काममा पनि अब्बलता प्रस्तुत गरिसकेको छ ।
राजाको प्रत्यक्ष शासनसत्तालाई खोसेर जनताकै पोल्टामा अधिकार सुनिश्चित गराउने नेपाली कांग्रेस नै हो । देशका बिभिन्न आन्दोलन तथा परिवर्तनहरुको संवाहक नेपाली कांग्रेसलाई अहिले आएर नेकपा नामको फट्याङ्ग्राले जिस्क्याईरहेको देखिएको छ । विश्व तानाशाह तथा एकतन्त्रीय शासन व्यवस्थाका हिमायली नेपालका कम्युनिष्टहरुले नेपाली कांग्रेसलाई नै प्रजातन्त्रको परिभाषा सिकाई रहेको अवस्था सृजना भएको छ । यो नेपाली कांग्रेसका लागि सह्य हुनै नसक्ने बिषय हो ।
हिजो नेपाली जनतालाई हत्या, हिंसा, डर, त्रास, धम्की र आतंक फैलाउँदै जंगलबाटै सत्ता कब्जा गर्छौ भन्दै गरिब, निमुखा नेपाली नागरिकका छोराछोरीहरुलाई बन्दूक र बारुद बोकाउँदै आश्वासनका सपना बाँडेर देशलाई रगतको पोखरीमा डुबाउने कम्युनिष्टहरु, आज फेरि तिनै जनतालाई झुक्याउँदै बहुदलीय व्यवस्थाको नाटकिय उपयोग गर्दै देशमा एकतन्त्रीय कम्युनिष्ट शासनसत्ता स्थापित गराउन लालयित देखिएका छन् ।
अब नेपाली कांग्रेस सडकमा आईसक्यो, नेपाली जनताले चारतारे झण्डा बोकेर सरकारको अधिनायकवाद र सर्वसत्तावादको कदमका बिरुद्धमा मुर्दावादको नारा लाईसक्यो । अब नेपाली कांग्रेस जनताका गुमेका र गुम्न आँटेका अधिकारहरु, ओईलाएका आशा र बिरक्तिएका भावनाहरुलाई एकाकार नगरी सडकबाट फर्कदैन ।
नेपाली जनतालाई नोकरबाट मालिक बनाउँछौ भनेर कुरा एउटा र काम अर्कै गर्ने, देख्दा एउटा र भोग्दा अर्कै प्रकृतिका नेपाली मूलका कम्युनिष्टहरुलाई नाँकी लगाएर बहुदलीय प्रजातान्त्रिक व्यवस्थाकाे मूल प्रबाहमा हिडाउन सक्ने नेपाली कांग्रेसले वर्तमानमा कम्युनिष्ट सरकारबाट भैरहेका अलोकतान्त्रि र असंबैधानिक कार्यहरुका बिरुद्ध अब नलडी नहुने देखेर फेरि त्यहि पुरानो आँट, हिम्मत, साहस र नेपाली नागरिकहरुको अपार साथका साथ फेरी सडकमा ओर्लिएको छ ।
जब–जब नेपाली कांग्रेस नागरिकहरुको अधिकार प्राप्तिका लागि सडकमा निस्कन्छ, त्यसले नेपाली राजनीतिक आकाशमा बेग्लै महत्व राख्ने गरेको देखिएको छ । जब–जब देशमा संकटको घडी सृजना हुन्छ, देशमा नागरिकका अधिकारहरु कुण्ठित पार्दै सरकार नागरिकको दमनमा निस्कन्छ, नागरिकका अधिकार सुनिश्चित गरिएका बिधि, बिधान र संबिधानका बिरुद्धमा सरकार सम्हालेर बसेकाहरुबाट खतरा पैदा हुन थालेको महशुस हुन्छ तब–तब नेपाली कांग्रेस नेपाली जनतासँग एकाकार हुँदै त्यसको बिरुद्धमा लडन र नेपाली नागरिकको अधिकार स्थापित गराउन सडकमा आउने गर्दछ ।
कम्युनिष्ट जातैले सत्तामा पुगेपछि फेरि कहिल्यै सत्ताबाट नफर्किने वस्तु हो । कम्युनिष्टहरुले शासनसत्ता सम्हालेका कैयौ देशहरुमा जनताले आफ्नाे मताधिकारमार्फत जनताका प्रतिनिधि चुन्न पाउने अधिकार समेत उपयोग गर्न पाएका हुँदैनन् । नेपालमा पनि वर्तमान सरकारका अलोकतान्त्रिक र गैर संबैधानिक अधिकारको प्रयोगले कतै नेकपा सर्वसत्तावादको बाटोमा हिडन लालायित त छैन ?
नेपाली कांग्रेस चाहन्थ्यो, वर्तमानको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले ५ बर्षसम्मै सरकार चलाओस् । उसलाई नेपाली जनताले ५ बर्षका लागि देश बिकासको काम गर्न जिम्मेवारी दिएर पठाएका हुन्, त्यसैले उसलाई बिना कुनै रोकतोक जनताका काममा लाग्न दिनु पर्छ । उसले नेपाली जनतासँग गरेका बाचा र देखाएका सपनाहरुलाई पूरा गर्ने वातावरण समेत मिलाई दिनु पर्छ, नेपाली कांग्रेस ईमान्दार प्रतिपक्ष भएर सरकारका कामहरुको रचनात्मक र आलोचनात्मक समर्थन र खराब कामको बिरोध गर्दै सरकारका काम कार्वाही प्रति चनाखो हुनुपर्छ भन्ने आदर्श र यथार्थताका साथ अगाडि बढीरहेको थियो । प्रजातान्त्रिक शासन व्यवस्थामा प्रमूख प्रतिपक्षको काम र राजनैतिक धर्म नै यहि हो । यसबाट नेपाली कांग्रेस कहिल्यै पछाडि फर्किएको पनि छैन ।
तर जनताको अपार समर्थन र जनादेश प्राप्त वर्तमान नेकपा र उसले बनाएको झण्डै दुई तिहाईको शक्तिशाली सरकारलाई कुकुरलाई घ्यू नपचेको झै भएपछि, देश विकास होला भन्दा झनझन् अधोगति तर्फ गएपछि, अझ भनौं ब्रेक फेल भएको गाडीले भिरको बाटो तय गरेपछि, सरकारप्रति जनताकाे विश्वास र भरोसा झनझन नराम्रोसँग टुटदै गएपछि, सरकारका बिरुद्धमा आफ्नै दलबाट समेत बिरोध र असहयोग जुटदै गएपछि, आफ्नै घर झगडाका कारण अनाहकमा नेपाली जनताको अत्यन्तै ठूलो त्याग र बलिदानीबाट प्राप्त ब्यवस्था र नेपाली जनताको प्रत्यक्ष संलग्नतामा नेपाली जनताकै प्रतिनिधिहरुले बनाएको संबिधानका पाना पाना च्यातिन थालेपछि, देशको प्रमूख कार्यकारी नै ध्रुर्बे हात्ती झै जथाभावी बटारिन थालेपछि अनि नेपाली जनतामा वर्तमान सरकारप्रति आशा र भरोसा भन्दा पनि ब्यापक निराशाका बादल मडारिन थालेपछि नेपाली कांग्रेस बाध्य भएर सडकमा आउनु परेको हो ।
विश्व कम्युनिष्ट आन्दोलनको फेहरिस्त हेर्दा कम्युनिष्ट जातैले सत्तामा पुगेपछि फेरि कहिल्यै सत्ताबाट नफर्किने वस्तु हो । कम्युनिष्टहरुले शासनसत्ता सम्हालेका कैयौ देशहरुमा जनताले आफ्नाे मताधिकारमार्फत जनताका प्रतिनिधि चुन्न पाउने अधिकार समेत उपयोग गर्न पाएका हुँदैनन् । नेपालमा पनि वर्तमान सरकारका अलोकतान्त्रिक र गैर संबैधानिक अधिकारको प्रयोगले कतै नेकपा सर्वसत्तावादको बाटोमा हिडन लालायित त छैन ? भन्ने गम्भिर प्रश्न उब्जाएको छ ।
आफ्नै दलको बहुमतप्राप्त सरकार र बहुमत प्राप्त संसदलाई अनाहकमा बिघटन गरेर सरकार अधिनायकवादको बाटोतर्फ उन्मूख भएको स्पष्ट रुपमा देखिदैछ । राज्यका कार्यकारी अंगहरुलाई निश्तेज पार्दै आफु सर्वसत्तावादको यात्रामा निस्किएको झै देखिएको छ । त्यहि आशंका र वर्तमान सरकारका गलत काम कार्वाहीप्रति खबरदारी गर्दै जनताका अधिकारमा घुनपुत्ली लाग्न नदिन नेपाली कांग्रेस अब सडकमा आईसकेको छ ।
जब–जब नेपाली कांग्रेस जनताका अधिकारका लागि सडकमा आउँछ तव तव मुलुकले ठूलो राजनैतिक परिवर्तनको संकेत गर्दछ । अब नेपाली कांग्रेस सडकमा आईसक्यो, नेपाली जनताले चारतारे झण्डा बोकेर सरकारको अधिनायकवाद र सर्वसत्तावादको कदमका बिरुद्धमा मुर्दावादको नारा लाईसक्यो । अब नेपाली कांग्रेस जनताका गुमेका र गुम्न आँटेका अधिकारहरु, ओईलाएका आशा र बिरक्तिएका भावनाहरुलाई एकाकार नगरी सडकबाट फर्कदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
सरकार र निजी क्षेत्रका दुई मुख : अर्थतन्त्रमा समस्या छ भनेर समाधान खोज्ने कि छैन भनेर ?
बैशाख ४, २०८१ मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार