ओलीको कदमविरुद्ध वैद्य र विप्लव एकैथलोमा
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार १९:४१:४
१४ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेपछि विकसित राजनीतिक घटनाक्रमले पूर्व माओवादीहरुलाई एकैथलोमा ल्याइदिएको छ ।
पूर्व माओवादीबाट अलग भएका मोहन बैद्य ‘किरण’ र नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको पार्टीहरु प्रतिनिधिसभा विघटन विरुद्ध सहकार्य गर्ने अवस्थामा आइपुगेका छन् ।
‘ओलीको कदम निरंकुश, फासीवादी र उनको पार्टीको पार्टीको आन्तरिक मामिला नभएर दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्थाको द्योतक हो’ चार पार्टीको मोर्चाबन्दीपछि जारी गरिएको विज्ञप्तीमा भनिएको छ।
वर्तमान संविधानको विरोध गर्ने यी दुई राजनीतिक शक्तिसँगै अरु दुई वटा राजनीतिक पार्टीले रणनीतिक संयुक्त मोर्चा बनाएका छन् । ओली कदमको विरोधमा ऋषिराम कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र आहूति नेतृत्वको बैज्ञानिक समाजवादी पार्टी पनि उभिएका छन् ।
यी चारवटै दलहरुले ओलीले प्रतिनिधिसभा विघटनमा देशी विदेशी शक्तिको आडमा भएको निश्कर्ष निकालेका छन् । उनीहरुको भनाई अहिलेको समस्या समाधान न त संसद पुनस्थापना वा मध्यावधि निर्वाचनले गर्ने भन्दै जनतन्त्र स्थापनाका लागि थप संघर्ष गर्नुपर्ने रहेको छ ।
चार पार्टीले गरेको मोर्चाबन्दीले तत्कालै आन्दोलनका कार्यक्रम घोषणा गर्ने योजना रहेको पनि बताएको छ । ‘ओलीको निरंकुशता र राज्यसत्ताविरुद्ध अग्रगामी राजनीतिक निकासको ऐतिहासिक पहलकदमीका निम्ति हामी ४ पार्टीको बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ’ विज्ञप्तीको चार नम्बर बुँदामा भनिएको छ, ‘यसको अवधारणा, संरचना र आगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार