केपी ओलीको आयु सकियो : माधव नेपाल
नेपालबहस संवाददाता
पुस १४, २०७७ मंगलबार २०:५७:१७
१४ पुष, काठमाडौं । नेकपाका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु सकिएको बताएका छन् । काठमाडौंमा संसद विघटनविरुद्ध आयोजित प्रदर्शन सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अब ओलीको आयु सकिएको बताएका हुन् ।
संसद विघटन गरेर ओलीले निरंकुशता देखाएको पनि नेपालको टिप्पणी छ । हालै नेकपाको बहुमत समूहले नेपाललाई अध्यक्ष चुनेको घोषणा गरेको थियो ।
ओलीले चालेको कदम असंवैधानिक भएको भन्दै नेपालले अब काँध थाप्न नसकिने पनि बताए । सहमति र एकताका लागि ढोका खुल्ला रहेको भन्दै नेपालले ओलीलाई अझै सुध्रिने मौका रहेको पनि बताए ।
‘ओली सुध्रिनुहुन्छ भने हामीले सदस्यता बाँकी नै राखेका छौ । अध्यक्षबाट हटाएपनि सदस्यता खारेज गरेका छैनौ । उहालाई सुध्रिने मौका छ’ भृकुटीमण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘अझै सुध्रिनु भएन भने भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार