
१४ पुष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज मङ्गलबार काठमाडौंमा आयोजना गरेको विरोध–सभामा सहभागी नेता तथा कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले संसद भंग गरेको विरोधमा भृकुटी मण्डपमा आयोजित विरोध–सभामा नेकपा अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेता तथा कार्यकर्ता उपस्थित थिए ।
विरोध–सभास्थलमा सर्वसाधारण नागरिक, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न नेकपा समर्थित भ्रातृसंगठनहरुको बाक्लो उपस्थिति रहेको थियो । हेरौं, आजको विरोधसभा तस्वीरमा :
प्रतिक्रिया
पढ्न लाग्ने समय : 1 मिनेट