मंगलबार , माघ ६, २०७७

पत्रकारलाई मिसन मिडिया क्लबले दियो काेरोना बीमाको रकम

पत्रकारलाई मिसन मिडिया क्लबले दियो काेरोना बीमाको रकम

१४ पुष, काठमाडौं । मिसन मिडिया क्लबले पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार त्रय रामहरी कार्की, सुशीलबन्धु थापा र गोकुल कार्कीलाई कोरोना बीमावापतको जनही रू एकलाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमका बीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्तरगत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा गरिएको थियो ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव समेत रहेका क्लबका अध्यक्ष श्रीजन झाका अनुसार पत्रकार कार्कीद्धयलाई उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार तथा नयाँ विकल्प साप्ताहिकका सम्पादक दामोदर दवाडी तथा अर्का पत्रकार थापालाई प्रदेश समितिका अध्यक्ष एनके दाहालले बीमा वापतको चेक हस्तान्तरण गरेका थिए ।

पत्रकार थापा महासंघ भक्तपुर शाखा आवद्ध छन् भने पत्रकार रामहरी कार्की ललितपुर शाखाका कोषाध्यक्ष ,अर्का पत्रकार कार्की ललितपुर शाखाका सदस्य रहेका छन् ।

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी र ललितपुर शाखाका सचिव समेत रहेका पत्रकार सविन शर्मालाई कोभिड बीमाको जनही रू एकलाख रुपैयाँ हस्तान्तरण गरिसकेको छ ।

अबको चरणमा पत्रकार निरज रञ्जित ,अमृत अधिकारी, लिला श्रेष्ठ लगायतका पत्रकारलाई कोभिड बीमाको रकम हस्तान्तरण गरिने प्रदेश समितिका महासचिव झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय