९ कम्पनीको मुल्य समायोजन
नेपालबहस संवाददाता
पुस १४, २०७७ बुधबार २:४७:१४
१४ पुष, काठमाडौं । आइतबार, सोमबार र आज गरी आर्थिक वर्ष २०७६/७७ मा लाभांश वितरण गरेका ९ कम्पनीले मुल्य समायोजन गरेका छन् । गएका तीन दिनमा तीन वटा विकास बैंक, दुई लघुवित्त, दुई हाइड्रोपावर, एक वाणिज्य बैंक र नागरिक लगानी कोषको मुल्य समायोजन भएको हो ।
एनएमबि लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता ९८४ रुपैयाँमा कारोबार खुल्ला भएकोछ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ११ सय ७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । लघुवित्तले पुष २७ गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले नाफाबाट १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
सभा प्रयोजनका लागि यसले पुष १४ गतेदेखि २७ गतेसम्म बुक क्लोज गरेको छ । पुष १३ गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश हात पार्न सक्नेछन् । सभा होटल पोखरा ग्रान्ड, पोखरामा बिहान ११ बजे सुरु हुनेछ ।
आज नै नेप्सेले नागरिक लगानी कोषको ८२.८४ प्रतिशत हकप्रद शेयर समायोजन गरी प्रतिकित्ता शेयरमूल्य २ हजार ७८४ रुपैयाँ कायम गरेको थियो । शेयर मुल्य समायोजन पछि खुलेको कारोबारले भने आज सकारात्मक सर्किट लगाउँदै ३०६२ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको छ । कोषको सोमबार ५ हजार ८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । सोही मूल्यका आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरेको थियो ।
कोषले यही पुष २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्नेछ। सोही प्रयोजनार्थ कोषले आज बुकक्लोज गरेको छ । कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिनेछ।
त्यसैगरी लुम्बिनी विकास बैंकको पनि आज नै शेयर मुल्य समायोजन भएको छ । ७ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको हो । समायोजनपछि प्रतिकित्ता २०४ रुपैयाँमा कारोबार खुलेको थियो । बैंकको समायोजना भएको मुल्यमा ४ रुपैयाँले घट्दै २०० रुपैयाँ अन्तिम मुल्य कायम हुँदै आजको कारोबार बन्द भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य २१८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको थियो ।
मितेरी डेभलपमेन्ट बैंकको पनि १५ प्रतिशत बोनस शेयर पछि आज नै मुल्य समायोजना भएको छ । सोमबार अन्तिम कारोबार मूल्य ३३७ रुपैयाँका आधारमा मूल्य मानेर समायोजन गरेको मुल्य ३३७ रुपैयाँमा आज कारोबार खुलेको थियो । बैंकको शेयरमा आज १३ रुपैयाँले गिरावट आई ३२४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
वाणिज्य बैंक अर्न्तगत आज हिमालयन बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १४ प्रतिशत बोनस शेयरपछि ५६१ रुपैयाँ निर्धारण गरी आजको कारोबार खोलेको थियो । आज बैंकको दोस्रो बजारमा कारोबार भएको मुल्यमा १६ रुपैयाँले गिरावट आएर ५४५ रुपैयाँमा कारोबार बन्द भएको छ । नेप्सेले सोमबार अन्तिम कारोबार मूल्य ६३९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको थियो ।
बैंकको पुष २७ गते बस्ने साधारण सभाको लागि आज मंगलबार पुष १४ गते बुक क्लोज गरेको छ । जसअनुसार सोमबार पुष १३ गतेसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले नाफाबाट ६ प्रतिशत नगद लाभांश पनि शेयरधनीले पाउने छन् ।
पुष १३ गते दुई कम्पनीको मुल्य समायोजन
हिजो मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन भएको थियो । नेप्सेले बैंकको ११.२५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछि दोस्रो बजारमा ३४१ रुपैयाँ निर्धारण भएको थियो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको पुष २५ गते बस्ने साधारण सभाको लागि पुष १३ गते बुक क्लोज गरेको छ ।
जसअनुसार आइतबार पुष १२ गतेसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । बैंकले नाफाबाट ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ ।
सानिमा माई हाइड्रोपावरको पनि शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३०७ रुपैयाँ निर्धारण भएको छ । हाइड्रोको हिजो र आज दोस्रो बजारको कारोबारमा गिरावट आइ २८८ रुपैयाँमा अन्तिम शेयर कारोबार भएको छ ।
नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३३८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको थियो । कम्पनीको पुष २३ गते बस्ने साधारण सभाको लागि पुष १३ गते बुक क्लोज भएको छ । पुष १२ गतेसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । कम्पनीले नाफाबाट ५ प्रतिशत नगद लाभांश पनि वितरण गर्न लागेको छ ।
पुष १२ गते दुई कम्पनीको मुल्य समायोजना
गत पुष १२ गते सिनर्जी पावर डेभलपमेन्टको शेयर मूल्य समायोजन भएको हो । नेप्सेले कम्पनीको ४.७५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य २०७ रुपैयाँ निर्धारण भएको थियो । सोही भाउलाई आधार मानेर आइतबार खुलेको कारोबारमा मंगलबारसम्म गिरावट आई अन्तिम कारोबार १९५ रुपैयाँमा भएको छ ।
नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य २१७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको थियो । पावरले पुष २२ गते बस्ने साधारण सभाको लागि पुष १२ गते बुक क्लोज गरेको छ । जसअनुसार बिहीबार पुष ९ गतेसम्म कायम शेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । कम्पनीले नाफाबाट ०.२५ प्रतिशत नगद लाभांश पनि वितरण गर्न प्रस्ताव गरेको छ ।
त्यसै गरी आइतबार नै आशा लघुवित्तको शेयर मूल्य समायोजन भएको थियो । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ८७० रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यलाई आधार मानेर दोस्रो बजारमा कारोबार खुलेको लघुवित्तको शेयर मुल्य आज ९५५ रुपैयाँमा अन्तिम कारोबार भएर बन्द भएको छ । नेप्सेले अघिल्लो कारोबार पुष १० गते बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
लघुवित्तको पुष २५ गते बस्ने साधारण सभाको लागि पुष २ गते बुक क्लोज भइसकेको छ । सोही कारण पुष १० गतेसम्म कायम शेयरधनीले लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् । लघुवित्तले नाफाबाट कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार