जता जता डा.शेखर कोइराला, उतै उतै कांग्रेस
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार १६:१३:२९
कुनै समय थियो, नेपाली राजनीतिका बडे बडे राजनीतिज्ञहरु पनि मुलुकमा राजनीतिक समस्याहरु खडा हुँदा अब विश्वेश्वरप्रसाद कोईरालाले के भन्छन् ? भनेर पञ्चायती सरकारको भन्दा पनि बढी आशा र भरोसाका साथ कोईरालाको वक्तब्य पर्खेर बस्दथे । विश्वेश्वरप्रसाद कोईराला धेरै लामो समयसम्म नेपालको शासकीय सत्तामा नरहे पनि नेपाली राजनीतिक आकाशमा सधैं छाईरहेका हुन्थे ।
काेइरालाकाे एउटै अन्तर्वाताले पनि सिंगो मुलुकको राजनीति तरङ्गित हुन्थ्यो, उनका हरेक वक्तब्य र भनाईहरुले सिंगो मुलुकको बिकास र परिवर्तन बोकेको हुन्थ्यो । उनका सारगर्भित मन्तब्यहरुले हरेक नेपालीको मन र मुटु छुन्थ्यो ।
२०४६ सालमा भएको राजनीतिक परिवर्तन पछि नेपाली राजनीतिको आकाशमा विश्वेश्वरप्रसाद कोईराला झैं साहसिक र निडर राजनेताको रुपमा उनकै भाई गिरिजाप्रसाद कोईरालाको उपस्थिति रह्यो । प्रजातान्त्रिक आन्दोलन र त्यसपछिका मुलुकका हरेक परिवर्तनहरुमा गिरिजाप्रसाद कोईरालाको प्रत्यक्ष रुपमा सहभागिता समेत रह्यो । त्यसबेला गिरिजाप्रसाद कोईरालाका भनाईले अत्यन्तै ठूलो महत्व राख्दथ्यो ।
नेपाली कांग्रेस सरकारमा रहँदा या नरहँदा दुबैमा गिरिजाप्रसाद कोईराला नेपाली राजनीतिको मियो बनेर रहे । असाध्यै धेरै हठवादी भनेर कांग्रेस वृत्त र नेपाली जनतामा गिरिजाप्रसाद कोईरालाको बिषयमा टिकाटिप्पणी हुने गरेता पनि उनले लिएका हरेक अडानहरुले भने पूर्णता पाएका छन् । नेपाली राजनीतिको मूलधार उनकै अघिपछि आएका छन् । उनै गिरिजाप्रसाद कोईरालाको लगनशिलता र दृढ राजनीतिक ईच्छाशक्तिले नै अहिलेको राजनीतिक परिवर्तनसम्म आईपुग्दा सडक र जंगलमा भौतारिरहेका राजनीतिक दलहरुले समेत गणतन्त्रको स्वाद चाख्न पाएका छन् ।
डा.शेखर कोइरालाले नेपाली कांग्रेसको सभापतिमा उम्मेद्वारी दिने घोषणा मात्रैले पनि सुशुप्त अवस्थामा पुगेका नेपाली कांग्रसका तमाम नेता तथा कार्यकर्ताहरुमा फेरी एकपटक रक्तसञ्चार हुन थालेको आभास मिल्न थालेको छ । राजनीतिमा देखिएका गलत कदमका बिरुद्धमा डा.शेखर कोइरालाकै स्पष्ट अडानका कारण पनि अहिलेको नेपाली कांग्रेसले गरिरहेको सडक संघर्षका आन्दोलन कार्यक्रममा समेत कार्यकर्ताहरुको बाक्लो उपस्थिति बढाईरहेको पाईएको छ ।
गिरिजाप्रसाद कोईरालाको अवशानपछि भने उनकै दल नेपाली कांग्रेसले नेपाली राजनीतिमा उनकै जस्तो दर्बिलो छाप छोडन सकेन् । कम्यूनिष्टहरुको बुई चढेर उसले जता हिडायो त्यतै हिडने रमिते बालक बन्नु भन्दा कांग्रेसको अर्को कुनै गतिलो काम पनि देखिएन । नेपाली राजनीतिमा उदाएको कम्यूनिष्टहरुको असोचनिय उपस्थितिमा समेत शुशिल कोईरालाको अत्यन्तै ठूलो सुझबुझले मुलुकले जम्माजम्मी एकथान संबिधान त पायो तर नेपाली कांग्रेस भने कम्यूनिष्टहरुको भवसागर भित्र देख्नै नसकिने गरि हरायो ।
पद र पैसाका लागि मात्रै राजनीति गरिरहेका र देश र जनता भन्दा ब्यक्तिगत स्वार्थका लागि मरिहत्ते गर्ने नेपाली कांग्रेसकाे वर्तमान नेतृत्वले जनताको भावनाका आधारमा जनताका असुबिधा र समस्या बुझ्न छोडेर बालुवाटार, सिंहदरबार र महाराजगंज दरबार मात्रै रोजेपछि त्यागी र निस्वार्थ भावनाले नेपाली कांग्रेसमा लागेका आम कार्यकर्ताहरुको आत्मसम्मानमा चोट लाग्यो । आफ्नै दलमा नेताहरुको पटक पटकका भ्रष्टाचारका काला कर्तुतहरुमा नाम मुछिँदा उनिहरुलाई आफ्नै नेताप्रतिको सम्मानमा हिनताबोध सृजना हुँदै गयो ।
गिरिजाबाबु र शुशिल कोईरालापछि नेपाली कांग्रेसलाई सहि मार्गमा डोर्याउने असल नेता भेटिएनन् । असल रानो र ईमान्दार नेतृत्व नेपाली कांग्रेसको नेतृत्व तहमा देखिएनन् । त्यसैको परिणाम स्वरुप नेपाली कांग्रेस अत्यधिक जनाधार र जनलहरका बावजुद पनि सधैं प्रतिपक्षमा नै रहन बाध्य हुनुपर्यो । सरकार बनाउने स्थितिमा नेपाली कांग्रेसलाई पुर्याउने नेतृत्व तहमा साहस पनि देखिएन । नेपाली कांग्रेसको नेतृत्व वर्तमान अवस्थामा आईपुग्दा झण्डै झण्डै मधेसवादी दलको स्थितिमा पुग्यो ।
अहिले डा.शेखर जता जता नेपाली कांग्रेस त्यतै त्यतै हिडिरहेको छ । सिंगो नेपाली कांग्रेसको नेतृत्वपंक्तिले मात्रै पार्टीको चौधौं महाधिवेशन पर्खिरहेको छ । गाउँगाउँमा “शेखर आऊ, कांग्रेस बचाऊ” को नारा लाग्न थालिसकेको छ । अब कांग्रेसले डा. शेखरको नेतृत्व मागीसकेको छ ।
वर्तमानकाे नेपाली कांग्रेसप्रति नेपाली जनताको हराउँदै गएको बिश्वास र नेतृत्वप्रतिको भरोसामा फेरी एकपटक विश्वासको मुना पलाउन थालेको देखिदैछ । गाउँ गाउँ र झुपडी झुपडीका जनताका घर आँगनमा डा.शेखर कोइरालालाई देखिदैछ । डा.शेखर कोइरालाप्रति नेपाली कांग्रेसको मात्र हैन तमाम नेपाली जनताको तर्फबाट हेर्ने आँखा फेरिदैछ ।
नेपाली कांग्रेसको कार्यकर्ता तहमा असाध्यै राम्रो छाप छोडन सफल नेपाली कांग्रेसका प्रभावशाली केन्द्रिय सदस्य डा.शेखर कोइरालाले नेपाली कांग्रेसको सभापतिमा उम्मेद्वारी दिने घोषणा मात्रैले पनि सुशुप्त अवस्थामा पुगेका नेपाली कांग्रसका तमाम नेता तथा कार्यकर्ताहरुमा फेरी एकपटक रक्तसञ्चार हुन थालेको आभास मिल्न थालेको छ । राजनीतिमा देखिएका गलत कदमका बिरुद्धमा डा.शेखर कोइरालाकै स्पष्ट अडानका कारण पनि अहिलेको नेपाली कांग्रेसले गरिरहेको सडक संघर्षका आन्दोलन कार्यक्रममा समेत कार्यकर्ताहरुको बाक्लो उपस्थिति बढाईरहेको पाईएको छ ।
बीच सडकमा अभिभावकबिहिन अवस्थामा भौतारिरहेको बालक झै बनेका नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्ताहरु डा.शेखरको राजनीतिमा देखिएको सकृयताले अहिले अभिभावक भेट्टाएको बालक झै हर्सोल्लास र खुशीयाली मनाईरहेका छन् । लाग्छ, अहिले डा.शेखर जता जता नेपाली कांग्रेस त्यतै त्यतै हिडिरहेको छ । सिंगो नेपाली कांग्रेसको नेतृत्वपंक्तिले मात्रै पार्टीको चौधौं महाधिवेशन पर्खिरहेको छ । गाउँगाउँमा “शेखर आऊ, कांग्रेस बचाऊ” को नारा लाग्न थालिसकेको छ । अब कांग्रेसले डा. शेखरको नेतृत्व मागीसकेको छ ।
बिग्रिएको नेपाली राजनीतिका पुराना र खराब पार्टपूर्जा फेर्न सक्ने, देश बिरोधी विदेशी दवावलाई थेग्न सक्ने, जनताका पीर, ब्यथा, समस्या, आवश्यकता, आँसु र रोदन बुझ्न सक्ने, जनताका समस्याहरुसँग जुध्न सक्ने, जनताका अप्ठ्याराहरुमा आफै मल्हमपट्टी बोकेर पुग्न सक्ने नेता डा.शेखर कोइराला अबको बिग्रिएको नेपालको राजनीति सङ्गल्याउने एकमात्र ब्यक्ति हुन ।
वर्तमान नेपाली कांग्रेसको सिंगो नेतृत्वपंक्ति आसन्न महाधिवेशनबाट डा.शेखर कोइरालालाई पार्टीको सभापति बनाउन आतुर भई ब्यग्र प्रतिक्षामा रहेको देखिएको छ । तमाम पार्टीका आदरणीय नेता तथा कार्यकर्ताहरुमा एउटै अपिल छ, अब कांग्रेसलाई देशको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनाएर अगाडि हिडाउनु छ । हिमाल, पहाड र तराईमा बस्ने सबै नेपालीहरुको फाटिएको मन सिलाउनु छ । कार्यकर्ताको भावना अनुरुप पार्टीलाई चलाउने, मुलुकभरी फैलिएर रहेको भ्रष्टाचारीहरुको जालो चुँडाउने, नेपालीजनमा एकताको फुल फुलाउने, निष्ठावान, आदर्शवान, निष्कलंक, निडर र आम नेपालीले मन मुटुबाटै रुचाएका नेपाली कांग्रेसका श्रद्धेय नेता डा.शेखर कोइरालाको नेतृत्व पर्खिरहेको छ ।
बीपी भनेको कांग्रेस र कांग्रेस भनेको बीपी भनेझै कांग्रेस भनेको शेखर र शेखर भनेको कांग्रेस भन्न थालेका छन् । कहिले पार्टीको चौधौं महाधिवेशन आउँछ र कोईालालाई नेपाली कांग्रेसको सभापति बनाउन पाईन्छ ? भनेर सिंगो नेपाली कांग्रेस प्रतिक्षामा बसिरहेको छ । यसका लागि डा. शेखरलाई पार्टीको सभापतिमा जिताउन कांग्रेस भित्रका युवाहरुले अभियान नै थालेका छन् ।
वर्तमानको कांग्रेस नेतृत्वको नामर्दी, मनोरोगी, पदलोलुप, परिवारवादी सोच र लुतेपनको फाईदा नेकपा लगायतका अन्य राजनीतिक दलहरुले उठाईरहेको परिप्रेक्षमा अब नेपालमा नेपाली कांग्रेसलाई एउटै मात्र शक्तिशाली पार्टी बनाउन पनि डा.शेखर कोइरालाको नेतृत्व अपरिहार्य देखिएको छ । अहिले डा. शेखर जता गयो नेपाली कांग्रेस पनि त्यतै जान थालेको छ । डा. शेखरले के भन्छन् ? भनेर सिंगो नेपाली कांग्रेस ब्यग्रताका साथ कान थापेर सुन्न थालेको छ । कोइराला जे भन्छन्, कांग्रेस त्यहि बाटोमा हिडन थालेको छ ।
विश्वसनीय नेताको अभावमा बाटो अल्मलिएको कांग्रेसले डा. शेखरको दर्बिलो नेतृत्व र स्पष्ट मार्गदिशा प्राप्त गर्ने भएसँगै अब नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमा बेग्लै रोमाञ्चक, उत्साहपद र हर्साोल्लासपूर्ण वातावरण समेत सृजना हुदै गैरहेको देखिदैछ । देशको राजनीतिलाई असाध्यै नजिकबाट बुझेका, गिरिजाप्रसाद कोईरालाले समेत नेपाली कांग्रेस भित्र असाध्यै ईमान्दार भनेर विश्वास गरेका डा. कोइरालाका पटक पटकका वक्तब्यहरु, अन्तर्वाताहरु र उनले नेपाली राजनीतिमा लिएका अडानहरुले डा. कोइरालालाई आम नेपाली नागरिकहरुले बिस्तारै आफ्नाे अभिभावकका रुपमा अपनाउँदै जान थालेका छन् ।
बीपी भनेको कांग्रेस र कांग्रेस भनेको बीपी भनेझै कांग्रेस भनेको शेखर र शेखर भनेको कांग्रेस भन्न थालेका छन् । कहिले पार्टीको चौधौं महाधिवेशन आउँछ र कोईालालाई नेपाली कांग्रेसको सभापति बनाउन पाईन्छ ? भनेर सिंगो नेपाली कांग्रेस प्रतिक्षामा बसिरहेको छ । यसका लागि डा. शेखरलाई पार्टीको सभापतिमा जिताउन कांग्रेस भित्रका युवाहरुले अभियान नै थालेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजब चिनी तीतो हुन्छ: डा. अरुणा उप्रेती
चैत १२, २०८० सोमबार
अर्थतन्त्र दलाल र कमिसनखोरको चंगुलमा, अर्थमन्त्री खर्च गर्ने क्षमताको खोजीमा
चैत ९, २०८० शनिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार