बर्थिङ सेन्टरमा गर्भवतीको आकर्षण
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार १८:८:१९
१५ पुष, सिमकोट । सुढेनी महिलाको सहायतमा घरमै सुत्केरी हुने परम्परा परिवर्तन हुँदै गएको छ । हिमाली जिल्ला हुम्लाका महिला पछिल्लो समय स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीबाट सुत्केरी सेवा लिन थालेका छन् । सीप नेपालले बनाएको आधारभूत सामुदायिक स्वास्थ्य एकाई र चङ्खेली गाउँपालिकाको सहकार्यमा पिप्पलाङ बर्थिङ सेन्टरको स्थापना भएपछि यहाँका गर्भवती महिलालाई सहज भएको हो ।
चङ्खेली गाउँपालिका वडा नं ४ मा रहेको पिप्पलाङमा असोजदेखि बर्थिङ सेन्टरको स्थापना हुँदा यहाँ आसपासका गाउँका महिलाले नियमित गर्भजाँच गराउन थालेका छन् । पुस १३ गते सोमबार पहिलो पटक एकजना महिलालाई सेवा प्रदान गरिएको पिप्पलाङ बर्थिङ सेन्टरमा कार्यरत स्टाफ नर्स रमिता तामाङले जानकारी दिए ।
बर्थिङ सेन्टरका स्वास्थ्यकर्मीले २५ वर्षीया हजारकला लुवारलाई पहिलो पटक सेवा प्रदान गरेका हुन् । बर्थिक सेन्टर स्थापना हुँदा गाउँका महिलाको आकर्षण बढेको नर्स तामाङले जानकारी दिए । हालसम्म पिप्लाङ बर्थिङ सेन्टरमा आठ महिलाले गर्भ जाँच गराउनुका साथै सोमबार स्वास्थ्यकर्मीको सक्रियतामा एक जनालाई सफलतापूर्वक सुत्केरी गराइएको उनले बताए ।
यस्तै पुस महिनाभित्रै सुत्केरी हुने चारजना महिला रहेको उनीहरु सबै गर्भजाँचका लागि बर्थिङ सेन्टरमा आउने गरेका छन् । वडा नं ४ का नागरीकलाई सेवा प्रदान गर्ने उद्देश्यकका साथ सीप नेपालले सुविधा सम्पन्न बर्थिङ सेन्टर सञ्चालन गरेको छ । गर्भवती महिलालाई गाउँबस्तीमा सहज रुपमा सुत्केरी गराउन यो सुविधा पिप्पाल, पाली, गाउँलगायत महिलाले पहिलो पटक सेवा पाएका हुन् ।
यसअघि यहाँका महिलाले घरमै गाउँका परम्परागत सुढेनीबाट सुत्केरी गराउने गरेको भए पनि अब यसको विस्तारै न्यूनीकरण हुँदै जान लागेको छ । बेथाले निक्कै च्यापेपछि हेलिकोप्टर चार्टर गरेर सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लाने गरिन्थ्यो तर अब बर्थिङ सेन्टरको स्थापनाले यो समस्याबाट ग्रामीण बस्तीका महिलाले मुक्ति पाउने भएका छन् ।
यहाँका महिलालाई स्वास्थ्य संस्था पुग्नका लागि दुईदेखि तीन घण्टासम्मको पैदल हिँडेर जानुपर्ने अवस्था छ । आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप रु एक हजार र यातायात खर्चबापत रु ४०० सुत्केरी महिलाले पाउने गरेका छन् । यसले गर्दा स्वास्थ्य संस्थामा गएर दक्ष प्रसूति सेवा लिई सन्तान जन्माउने महिलाको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीका हिमाली जिल्लामा देखिन थाल्यो औलो रोग
बैशाख १३, २०८१ बिहिबार
चैत २७ मा कर्णालीको मुख्यमन्त्री भएका कँडेलले बल्ल नियुक्त गरे एक जना मन्त्री
बैशाख १२, २०८१ बुधबार
कर्णालीमा मन्त्रालयको भागबण्डामै सकस, आज सानो आकारको मन्त्रीमण्डल बन्ने
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार
खोला किनारमा निर्माणाधीन बसपार्क
बैशाख १३, २०८१ बिहिबार
सुर्खेतमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन हुने
बैशाख १३, २०८१ बिहिबार