
१४ पुष, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् । लामो समयदेखि विरामी रहेकी सीतालाई बुधबार काठमाडौंको मेडीसिटी अस्पतालमा भर्ना गरिएको हो ।
छोरी गंगा दाहालका अनुसार उनलाई हिजोदेखि गाह्रो भएको थियो । बुधबार अस्पताल नै भर्ना गरेर उनको उपचार शुरु गरिएको हो । सीता लामो समयदेखि विरामी छन् । विभिन्न अस्पताल लिएर उनको उपचार थालिएपनि सञ्चो हुन सकेको छैन् ।
त्यसमाथि छोरा प्रकाश पनि हृद्यघातबाट बितेपछि सीताको रोग झन् बल्झिएको छ ।
प्रतिक्रिया