छायाँ सेन्टरका विरोधीलाई मजदूरहरुको चेतावनी
नेपालबहस संवाददाता
पुस १५, २०७७ बुधबार २३:७:४७
१५ पुष, काठमाडौं । नेपालको पर्यटकीय केन्द्र ठमेलमा पिछडिएको भगवानबहाल क्षेत्रलाई राजधानीको आर्थिक गतिविधिको केन्द्र बनाउने उद्देश्यले स्थापना भएको छाँया देवी कम्प्लेक्सको विरोध गर्नेहरुलाई सम्बद्ध मजदूर युनियनहरुले चेतावनी दिएका छन् ।
नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटी र नेपाल टेकिङ्ग, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलायन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन (युनिट्राभ), केन्द्रिय कमिटीहरुले संयुक्त रुपममा यस्तो चेतावनी दिएका हुन् । छाँया सेन्टरमा सञ्चालित विभिन्न व्यवसायमा हाल १२०० मजदूर कार्यरत छन् ।
दुवै मजदूर संगठनहरुका तर्फबाट भागवतनरसिंह प्रधानलाई बुझाइएको चेतावनीयुक्त ज्ञापनपत्रमा प्रचलित कानून अनुसार अनुमति लिएर छायाँदेवी कम्प्लेक्समा निर्बाध रुपमा वैधानिक व्यवसायिक क्रियाकलाप सञ्चालन गर्न पाउने सवैधानिक हक र अधिकारमा अवरोध सिर्जना गर्दै मजदुरहरुमाथि चुनौती सृजना गरिएको उल्लेख गर्दै भनिएको छ, “तपाई लगायतले नियमित हस्तक्षेप गरि ग्राहक भडकाउने, अतिथिहरुलाई दवाव दिने, विशिष्ट पाहुना तथा प्रमुख अतिथिहरुलाई छायाँदेवी कम्प्लेक्स वा छायाँ सेन्टरमा हुने कुनै पनि कार्यक्रममा सरिक नहुन दवाव सृजना गर्नुका साथै मेरियट ईन्टरनेशनल, भी.एफ.एस. (अन्तर्राष्ट्रिय भिषा सहजीकरण कार्यालय) का अन्तर्राष्ट्रिय हेडक्वाटरहरु लगायत बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धमा दबाब दिनुको साथै सामाजिक संजालहरुमार्फत गलत सन्देश प्रवाह गरी व्यवसायिक साझेदारी प्रवर्धन तथा प्रतिष्ठामाथि क्रमबद्ध आक्रमण भईरहेका कारण त्यहाँ रहेका करिब १२०० मजदुर तथा स्वरोजगार व्यवसायीहरुको जीवन निर्वाह समेत धरापमा पर्न गएको छ ।”
मजदूर प्रतिनिधिहरुले यस्ता क्रियाकलापले छाँया सेन्टरमा व्यवसायरत साना तथा स्वरोजगार व्यवसायी, त्यहाँ कार्यरत मजदूरहरु र तिनका आश्रित परिवारका साथै देशको पर्यटकीय र आर्थिक क्रियाकलापमा पनि असर पर्न गएको उल्लेख गर्दै भनेका छन । “उपरोक्त अवाञ्छित क्रियाकलाप तथा व्यवसायमाथिको दुश्प्रचार तथा आक्रमण रोकी तपाई आफैद्धारा दायर मुद्धा माथि सम्मानित अदालतको निर्णयप्रति निष्ठायुक्त प्रतिबद्धता ३ दिनभित्र नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन केन्द्रिय कमिटी र नेपाल ट्रेकिङ्ग, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलायन्स, संस्कृति, पुरातात्विक, कार्गाे, कुरियर श्रमिक मजदुर युनियन (युनिट्राभ), केन्द्रिय कमिटीमा जानकारी गराउन हुन अनुरोध गरिएको छ, अन्यथा तपाईको अवाञ्छित गतिबिधिबिरुद्ध मजदुरको रोजीरोटीसहित हकहितका निम्ति उत्रन बाध्य हुने व्यहोरा अवगत गराईन्छ ।”
युनिट्राभ केन्द्रिय कमिटिका महासचिव रामबहादुर श्रेष्ठको नेतृत्वमा गएको मजदुरहरुको समूहले बुझाएको ज्ञापनपत्रमा अध्यक्ष, नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, केन्द्रिय कमिटिका अध्यक्ष सुर्यबहादुर कुँवर र युनिट्राभ केन्द्रिय कमिटीका अध्यक्ष सुमन पराजुलीले हस्ताक्षर गरेका छन् ।
विश्वस्तरीय एलफट् होटल अवस्थित छाँया कम्प्लेक्समा काठमाडौंका प्रतिष्ठित नेवार समुदाय र नेपालका प्रतिष्ठित व्यापारिक घरानाको अर्वाेंको लगानी रहेको छ । यो सेन्टरमा होटल बाहेक स्तरीय क्यासिनो, नाईट क्लब, रेस्टुेन्ट तथा कफी सप, सिनेमा घर र विश्वका प्रतिष्ठित कम्पनीहरुका ब्राण्डेड सामानहरुको शो रुम रहेको छ ।
यस छायाँदेवी कम्प्लेक्सले खरिद गरेको जग्गाका बारेमा कुनै विवाद नरहेको पत्र विक्रमशील महाविहार सिंहसार्थ बाहु गरुड भगवान गुठीले छाँयादेवी कम्प्लेक्सलाई दिइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार