देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार १४:१०:५८
१६ पुष, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल र पश्चिमी तराईमा हुस्सु लागेको जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसम महाशाखाले जनाएको हो ।
मौसमी बुलेटिन अनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने छ भने बाँकी ठाउँको मौसम सफा रहने छ ।
तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट हट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको मौसमविद् राजु प्रधानाङ्गले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्व औलो दिवसः विदेशबाट आएकाबाट बढी जोखिम
बैशाख १३, २०८१ बिहिबार
बाँकेका वनमा लागेको डढेलोले खरायो, सर्प र चरा मरे
बैशाख १३, २०८१ बिहिबार
खोटाङमा आगलागीबाट ७९ घर जले, एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार