शीर्ष नेताको कल ट्यापिङ ?
नेपालबहस संवाददाता
पुस १६, २०७७ बिहिबार १९:५४:५२
१६ पुष, काठमाडौं । पार्टी विभाजनको मारमा परेको नेपाल कम्युनिष्ट पार्टी भित्र अहिले फोन ट्यापिङ आतंक मच्चिएकाे छ । प्रधानमन्त्री केपी ओली सरकारबाट बाहिरिएको एकसाता नपुग्दै नेकपा नेता वर्षामान पुनले भने– अहिले नेताहरुको फोन ट्यापिङ भइरहेको छ । ओली सरकारले नेकपाका नेताहरुको सबै गतिविधिमा निगरानी गरेको छ , र फोनमा समेत कुरा गर्न नसक्ने गरी आतंकित बनाएको छ ।
तर उनै पुन सम्मिलित मन्त्रिपरिषदले कल ट्यापिङ गर्न पाउने विधेयक ल्याएको थियो । २०७६ साल मंसिर २५ गते राष्ट्रियसभामा दर्ता गराइएको नेपाल विशेष सेवा गठन तथा सञ्चालन विधेयकसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा यस्तो व्यवस्था गरिएको थियो ।
त्यसवखत नागरिक समाज लगायत अधिकारकर्मीहरुले व्यापक विरोध गर्दा उनै पुन भने मौन थिए । यद्यपि अहिलेपनि सो विधेयक पास भइसकेको अवस्था छैन । तर ओली सरकार यस्ता निरंकुश कानून ल्याएर शासनसत्ता लम्ब्याउने पक्षमा निरन्तर लागिरहेको छ । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पुनले अहिले पार्टी विभाजनपछि ओलीले शीर्ष नेताहरुका सबै कल ट्यापिङ हुन थालेको भन्दै लोकतन्त्रमा यस्तो कार्य अस्वीकार्य हुने बताएका छन् ।
उक्त प्रस्तावित विधेयकमा सूचना संकलन तथा प्रतिगुप्तचरी क्रियाकलापको सिलसिलामा संदिग्ध वा निगरानीमा रहेका व्यक्ति , संघसंस्थाबाट सार्वजनिक सञ्चारमाध्यम वा अन्य माध्यमबाट भएका कुराकानी श्रव्य दृश्य वा अन्य विद्युतीय संकेत वा विवरणलाई निगरानी , अनुगमन वा इन्टरसेप्सन गर्न पाइने व्यवस्था गरिएको थियो ।
ओली त्यसैबेलादेखि प्रतिगमनतर्फ लम्किसकेको भन्दै सर्वत्र विरोध हुँदा पुन जस्ता मन्त्रीहरु मौन थिए । अहिले भने ओलीले त्यसैको झल्को दिनेगरी काम गर्न थालेको भन्दै संविधान विपरित भएको धारणा सार्वजनिक गर्दै छन् । ओलीले फोन ट्यापिङ मात्र नगरी नेकपाका शीर्ष नेताहरुको दैनिकीमा समेत निगरानी बढाएको बुझिएको छ ।
खासगरी प्रचण्ड, माधव नेपाल , झलनाथ खनाल र नारायणकाजी श्रेष्ठको दैनिकीमा गुप्तचरको निगरानी बढाइएको स्रोतको दाबी छ । नेताहरुको घर वरपर सुराकीहरु खटाइएको एक सुरक्षा प्रमुखले नाम नबताउने सर्तमा नेपालबहस डटकमलाई बताए । शीर्ष नेताहरुले कसलाई भेटे, को को आउ जाउ गरिरहेका छन् सबैको निगरानी बढाइएको छ भन्दै स्रोतले हरेक घण्टा बालुवाटारमा रिपोर्टिङ हुने गरेको जानकारीसमेत दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार