लागुऔषध अफिमसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार १:०:४९
१६ पुष, रुकुमपूर्व । यहाँ १८ किलो लागुऔषध अफिमसहित तीन जना पक्राउ परेका छन् । अठार किलो ५०० ग्राम अफिमसहित छुट्टाछुट्टै ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको आज पत्रकार सम्मेलन गरी प्रहरीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा भूमे गाउँपालिका–३ झुङ्लाबाङका ३४ वर्षका ताराप्रसाद श्रेष्ठ, सिस्ने गाउँपालिका–४ अमलाचौरका ५८ वर्षका मन्सराम खत्री र भूमे–३ झुङ्लाबाङ घर भई वडा नम्बर २ खाबाङमा बस्दै आएका २१ वर्षका हिक्मत पुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गजुसिद्धि बज्राचार्यले बताए ।
ताराप्रसाद र मन्सरामलाई यही पुस १४ गते सिस्ने–६ को छिप्रीदहस्थित होटेलबाट १३ किलो अफिमसहित पक्राउ गरिएको हो । अफिमको कारोवार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक दिपेन्द्र बाँनियाको नेतृत्वमा गएको टोलीले उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख बज्राचार्यले बताए ।
उनीहरु दुई जनालाई पक्राउ गरेपछि अनुसन्धान गर्दै जाँदा ताराप्रसादसँग अफिम कारोवारमा संलग्न भएका अर्का हिक्मतलाई पनि पाँच किलो ५०० ग्राम अफिमसहित पक्राउ गरिएको हो । उनलाई भने आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही पुस १४ गते पक्राउ परेका ताराप्रसाद र मन्सरामलाई अदालतमा पेश गरी १५ दिनको म्याद थप भई अनुसन्धान जारी राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार