जाडोयाममा बिना जानकारी किन जान्छ झ्याप्प-झ्याप्प बिजुली ?
नेपालबहस संवाददाता
पुस १६, २०७७ शुक्रबार २:२२:४७
१६ पुष, काठमाडौं । जाडोयाम बढ्दै जाँदा बिजुलीको खपत पनि वृद्धि हुँदै जान्छ । विभिन्न विद्युतीय उपकरणहरूको प्रयोग बढ्दा खपत बढिरहेको छ अथवा प्रणालीको लोडरपिक बढिरहेको छ ।
बिना जानकारी राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा बिजुली काटिन थालेपछि नेपाल विद्युत् प्राधिकरणले प्राविधिक कारण बाहेक अन्य कुनै पनि रुपमा समस्या नभएको प्रष्टिकरण दिएको छ ।
प्राधिकरणले तीन वर्षअघिदेखि नै विद्युतभार कटौतीको अन्त्य भइसकेकोले लाेडसेडिङकाे अवस्था नआएको जनाएको छ । छोटो समयमा विद्युत् आपूर्तिमा अवरोध हुन गएको भन्दै प्राधिकरणले बिजुली काट्न नपर्ने र विद्युतभार कटौतीको अवस्था नभएको समेत जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले भने “ विद्युत्का उपभोक्ताको माग भन्दा आपूर्ति कम भएको अवस्थामा मात्रै लोडसेडिङ गर्नुपर्ने वाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरिक, निजी क्षेत्रको उत्पादन र अपुग भएको बिजुली भारतबाट आयात गरिएको छ ।”
विद्युत माग अनुसार नै बराबर आपूर्ति गरिराखेको कारणले विद्युतभार कटौती नभएको र भविष्यमा पनि नगरिने उनको भनाइ छ । राष्ट्रिय विद्युत प्रणालीमा भारवहन क्षमता भन्दा बढी विद्युत प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्तिमा भएको अवरोधलाई विद्युत् कटौतीको रुपमा लिन नहुने प्राधिकरणको भनाइ छ । त्यस्तो न्यूनीकरण र निराकरण गर्न प्राधिकरण सक्षम र सदैव प्रयासरत रहेको स्पष्ट पारिएको छ ।
विद्युतका पोल सार्न, ट्रान्सफर्मर प्रतिस्थापन गर्न, वितरण प्रणालीका पूराना संरचना मर्मत सम्भार गर्न तथा बदली गर्ने जस्ता निरोधात्मक साथै सञ्चालन र विद्युत प्रवाह भइरहेका संरचनामा आउने प्राकृतिक वा आकस्मिक समस्याको समाधानार्थ समेत केही समय सम्बन्धित स्थानको विद्युत आपूर्ति काटेर तत्काल मर्मत सम्भार गरी आपूर्ति नियमित गरिएको प्रवक्ता तिम्सिनाको भनाइ छ ।
यही पुस १३ र १४ गते राष्ट्रिय विद्युत् प्रणालीमा केही समय अवरोध हुनुको पछाडि प्रणालीमा आएको समस्या भएको ठहर गर्दै प्राधिकरणले उक्त समस्या समेत भारप्रेषण केन्द्र र ग्रीड सञ्चालन विभाग मार्फत समाधान गरिएको स्पष्ट पारेको छ । प्राधिकरणले कोरोना महामारीको समयमा पनि विद्युतका समस्त उपभोक्ता वर्गमा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन कर्मचारी अहोरात्र खटिई सेवारत रहेको र कुनै पनि प्रकारको बिजुली कटौती नहुने भन्दै आश्वस्त तुल्याउने प्रयास गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा मर्मत भएन गण्डक जलविद्युतको टर्वाइन
चैत ८, २०८० बिहिबार
दुई हजार तीन सय ८० खानेपानी आयोजना निर्माण
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार