बामदेव किन गए खुमलटार ?
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार १७:२७:४६
१७ पुष, काठमाडौं । पार्टी विभाजनपछि कतै नखुलेका नेकपा उपाध्यक्ष बामदेव गौतम अब भने एउटा पक्षमा उभिनैपर्ने निश्कर्षमा पुगेका छन् । आजैबाट सुरु राष्ट्रियसभा बैठकमा आफ्नो धारणा प्रष्ट गरेर जानुपर्ने अवस्था आएकाले गौतम एउटा कित्तामा बस्न बाध्य भएका छन् ।
यही अवस्थाले गर्दा गौतम आज बिहानै पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका छन् । भेटमा गौतमले अब आफू एउटा पक्षमा खुल्नैपर्ने अवस्था आएको भन्दै एकपटक एकताको अन्तिम प्रयास गर्ने बताएको खुमलटार निकट स्रोतले जनाएको छ । यसका लागि गौतमले आजै प्रधानमन्त्री केपी ओलीसँग पनि भेट्ने तयारी गरेका छन् ।
सकेसम्म पार्टी मिलाएर लैजाने मेरो प्रयास छ, तपाईं पनि अलि लचकदार भैदिनुपर्छ भन्दै गौतमले प्रचण्डलाई भनेको उद्धृत गर्दै स्रोत भन्छ– अब धेरै दिनसम्म अनिर्णयको बन्दी नबन्ने पनि प्रष्ट पारेका थिए ।
जवाफमा प्रचण्डले भने ओलीले आफ्ना कमी कमजोरी सच्याएर आए फेरि पनि अध्यक्षसहित प्रधानमन्त्रीको जिम्मेवारी कायमै राख्ने वचन दिएका थिए । तर त्यसका लागि ओलीले विघटित प्रतिनिधिसभा तत्काल पुनस्थापना गर्नुपर्ने र विगतमा गरेका कमजोरीको सार्वजनिक रुपमा आत्मालोचना गर्नुपर्ने सर्त अघि सारेका छन् ।
गौतमले पनि प्रचण्डको सर्तकै वरिपरी बसेर ओलीसँग छलफल गर्ने बताएको स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार