प्रदेश २ मा पनि ओली अल्पमतमा
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार १८:४२:२३
१७ पुष, काठमाडौं । कुनैबेला दुई तिहाईको दम्भको उन्मादले गद्गद् देखिने केपी ओली पक्षीय नेता भन्ने गर्थे– दुई तिहाईलाई हेप्नी ? तर अहिले पार्टी विभाजन भइसकेको अवस्थामा भने ओली पक्ष जतातर्त रक्षात्मक अवस्थामाछ । संघीय सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टी विभाजित भएपनि सरकार भने काम चलाउ रुपमा चलेकै छ ।
यद्यपि ओली भने पूर्णकालिक सरकारकै हैसियतमा क्याबिनेट रिसफल गर्नेदेखि दीर्घकालिन प्रभाव पार्ने खालका निर्णय गर्न अभिसप्त छ । तर प्रदेश सरकार भने ओलीको नियन्त्रण बाहिर पुगेका छन् । जसको प्रत्यक्ष मार ओली पक्षीय मुख्यमन्त्रीहरुले खेपिरहेका छन् । खासगरी प्रदेश नं. १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव नै दर्ता भइसकेका छन् । एकले अर्काे पक्षलाई सिद्ध्याउने अभियान चलिरहेको छ ।
प्रदेश नं. १ मा ओली पक्षीय मुख्यमन्त्री शेरधन राई अल्पमतमा परेको बुझिएको छ । यस्तै , बाग्मती प्रदेशमा समेत मुख्यमन्त्री डोरमणि पौडेलको हालत खराब भइसक्यो । लुम्बिनी र गण्डकी प्रदेशमा भलै अहिले स्थिति नियन्त्रण बाहिर गइसकेको देखिंदैन । तर यो क्रम आगामी दिन तीब्र रुपमै जाने चाहिं निश्चितै छ ।
आजै मात्र प्रदेश नं. २ मा संसदीय दलका नेता रहेका ओली पक्षीय नेता सत्यनारायण मण्डलको पदसमेत धरापमा परेको छ । पार्टीको अर्काे पक्ष ( पुष्पकमल दाहाल प्रचण्ड– माधवकुमार नेपाल ) ले मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको छ । यो प्रदेशमा नेकपाका ३२ सांसद् रहेकाछन् । जसमा २० जना प्रचण्ड–माधव समूहका रहेको देखिन्छ । आज बिहानै १७ जना सांसद्ले मण्डलविरुद्ध हस्ताक्षर गरी संसदीय दलका उपनेता रामकुमार यादवलाई बुुझाएका छन् ।
यादवका अनुसार आजै संसदीय दलको बैठक बोलाएर मण्डललाई पदमुक्त गरिने तयारी भएको छ । यो क्रम विस्तारै अन्य प्रदेशमा समेत पुग्ने देखिएको छ । पार्टी विभाजनपछि ओली पक्ष संसदीय दल र पार्टीमा समेत अल्पमतमा परेको अवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार