संघीयता खारेज गर्ने दाउमा ओली
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार २०:१२:१३
१७ पुष, काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओलीलाई पुस ७ गते कारबाही गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले आरोप लगायो– ओलीजी संघीयता विरोधी हो । संघीयतामा ओलीको कुनै रुचि छैन । हुनपनि ओलीले सधैं नै संघीय प्रणालीप्रति कटाक्ष गर्ने गरेका छन् । गत वर्ष उनले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुलाई बोलाएर भने – प्रदेश भनेको संघकै प्रशासनिक संरचना भित्रको एउटा अंग मात्रै हो । संघीय सरकारको अनुमति नलिई प्रदेश अगाडि बढ्न सक्दैन ।
प्रसंग यतिमा मात्रै सीमित छैन । ०६२/०६३ को जनआन्दोलन ताका सडकमा गणतन्त्रको नारा लाग्यो । साथै, संघीय प्रणालीको पक्षमासमेत चर्काे आवाज उठ्यो । तिनताका ओलीले भन्ने गरेको प्रसंग नेपाली राजनितिक क्षितिजमा एउटा गज्जबको आइकन नै बन्यो–बैलगाडा चढेर अमेरिका पुग्नु र गणतन्त्र आउनु उस्तै हो ।
गणतन्त्रसँगै संघीय प्रणालीको पनि ओली घोर बिरोधी हुन् । ओलीका क्रियाकलाप हेर्दा लाग्छ उनी यो देशमा संघीयता भन्ने प्रणाली बेकारको हो । हुन त यस विषयमा राजनीतिक दलहरुले जनताको मत लिएका छैनन् । संघीयता र धर्म निरपेक्षताको सवालमा जनताको अभिमत अलग हुन सक्छ । तर राजनीतिक दलहरुको मिलेमतोमा जवर्जस्ती यस्तो व्यवस्था ल्याइयो ।
त्यतिबेला राजनीतिक शक्ति सन्तुलनको हिसावले मात्रै यो प्रस्ताव पारित भएको देखिन्छ । माओवादी र मधेशवादीको चाहनालाई संवोधन गर्ने क्रममा संघीयता घुसाइएको हो । ओलीले त्यसबेलापनि संघीयताबारे प्रष्ट धारणा राखेनन् । अहिले त उनका हरेक व्यबहार प्रदेशविरोधी देखिन्छ ।
गएको निर्वाचनमा ओली पक्षकै चार जना नेता प्रदेशका मुख्यमन्त्री बन्न सफल भए । त्यसैले ओली चूपचाप लागेका थिए । तर अहिले पार्टी विभाजनको चरणमा आइपुग्दा उनी निकट नेताहरुको जागिर धरापमा परेकोछ । प्रदेश नं. १ र बाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेशसभामै अविश्वास प्रस्ताव दर्ता भइसक्यो । अहिलेको अंक गणितले अब ओली पक्षले सत्ता गुमाउने नै देखिन्छ । प्रदेश नं. २ का संसदीय दलका नेता सत्यनारायण मण्डलपनि अब हट्ने सूचिमा परेका छन् ।
त्यसैले ओलीलाई प्रदेशसभाप्रति कुनै रुचि नै छैन । ओलीको यस्तो मनोभावना बुझेका निकट नेताहरु अब स्याल हुइँया चलाउन थालेका छन्– यो देशलाई संघीयताको कुनै दरकार छैन । ओलीका एक निकट नेता निरुदेवी पालले त्यसको छनक दिइसकेकी छन् । आज मात्रै उनले आफ्नो फेसबुक वालमा लेखेकी छन् – सम्माननीय प्रधानमन्त्री ज्यू , आँट गर्नाेस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र संसद्को सिट संख्या घटाउनोस् , मात्र १०५ सांसद् , १५ सदस्यीय मन्त्रिमण्डल र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने साहस गर्नाेस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
प्रदेश सरकारमा संकट पार्दै वैकल्पिक गठबन्धन निर्माणमा नेकपा एसको प्रयास
बैशाख ४, २०८१ मंगलबार
सत्ता गठबन्धनमा नेकपा एसको काउण्टर अट्याक, के होला उपनिर्वाचनपछि सरकारको अवस्था ?
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार
राम्रो काम गरे प्रचण्ड सरकारलाई निरन्तरता दिन्छौं : महासचिव पोखरेल
बैशाख ७, २०८१ शुक्रबार
प्रतिपक्षी दल नआएपछि गण्डकीको विशेष अधिवेशन अर्को सूचना नभएसम्म स्थगित
बैशाख ७, २०८१ शुक्रबार
‘कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
बैशाख ७, २०८१ शुक्रबार