प्रहरी हवल्दार ६ हजार घुससहित नियन्त्रणमा
नेपालबहस संवाददाता
पुस १७, २०७७ शुक्रबार २३:३२:५४
१७ पुष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एक जना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।
भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीसँग लिएको उक्त घुस रकम राख्ने हरिनगर गाउँपालिका-४ का स्थानीय होटल व्यवसायी विनोद साहलाई पनि पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुवै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार