पक्राउ परेकाे भोलिपल्टै छुटे चिनी मिल सञ्चालक
नेपालबहस संवाददाता
पुस १७, २०७७ शनिबार ०:२५:११
१७ पुष, काठमाडौं । उखु किसानलाई भुक्तानी नदिएपछि पक्राउ परेका लुम्बिनी चिनी मिलका सञ्चालक भोलिपल्टै छुटेका छन् । पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल शुक्रबार तारेखमा छुटेका हुन् ।
किसानहरूको भुक्तानी नदिएको भन्दै अग्रवाललाई प्रहरीले बिहीबार वीरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्याएको थियो । अग्रवाल प्रहरी नियन्त्रणमा परेलगत्तै उद्योगले किसानहरूको भुक्तानी सुरू गरेको थियो ।
पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रूपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरूलाई इ–सेवामार्फत् भुक्तानी सुरू गरेको छ।
प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत ऋणको लागि सुरू गरिएको बैंकिङ प्रक्रिया पूरा गरेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई एक हप्ताको तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।
काठमाडौंमा आन्दोलन गर्न आएका एक जना किसानको भुक्तानी नपाएरै सरकारसँग सहमति भएको खबरबाट विक्षिप्त भएर हृद्यघातका कारण मृत्यु भएपछि प्रहरीले पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार
छैटौँ संस्करणको सगरमाथा म्युजिक अवार्डको आवेदन खुला
बैशाख १३, २०८१ बिहिबार
जाजरकोटका भूकम्पपीडित पत्रकारलाई काउन्सिलको निःशुल्क इन्टरनेट
बैशाख १३, २०८१ बिहिबार
दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण
बैशाख १३, २०८१ बिहिबार
सरकार विरोधी प्रदर्शनलाई समर्थन गर्ने इरानी र्यापरलाई मृत्युदण्ड
बैशाख १३, २०८१ बिहिबार