छत्रकोट गाउँपालिकाले ल्यायो कृषक पेन्सन कार्यक्रम
नेपालबहस संवाददाता
पुस १८, २०७७ आइतबार ०:५९:४४
१८ पुष, तम्घास । कृषि र कृषिजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि गुल्मीको छत्रकोट गाउँपालिकाले कृषकलाई पेन्सन कार्यक्रम शुरु गर्ने भएको छ । गाउँपालिकाले व्यावसायिक एवं प्रतिस्पर्धात्मक कृषि प्रणालीद्वारा उच्च एवं दिगो आर्थिक विकास हासिल गरी खाद्य सुरक्षा तथा गरिबी निवारणमा योगदान गर्दै समृद्ध कृषक बनाउने उद्देश्यले कृषकलाई पेन्सन दिन लागेको हो ।
जसका लागि नवौँ गाउँसभाबाट ‘कृषक पेन्सन ‘कृषक प्रोत्साहन’ कार्यक्रम सञ्चालन कार्यविधि’ २०७७ पारित गरिएको छ । कृषिमा यान्त्रीकरणको प्रयोगबाट उत्पादन एवं उत्पादकत्व बढाउने, व्यावसायिक कृषि प्रणालीबाट प्रतिस्पर्धात्मक क्षमता बढाउने, प्राविधिक स्रोत, वातावरण र जैविक विविधताको संरक्षण संवद्र्धन एवं सदुपयोग गर्ने र छत्रकोट गाउँपालिकालाई कृषि र पशु क्षेत्रको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले कृषकलाई पेन्सन दिन लागिएको गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
गाउँपालिकाले पेन्सन पाउने कृषकलाई तीन वर्गमा विभाजन गरेको छ । ‘क’ वर्गको कृषकलाई हरियो, ‘ख’ वर्गको कृषकलाई निलो र ‘ग’ वर्गको कृषकलाई पहेँलो परिचयपत्र दिने योजना छ । कृषकले वर्गअनुसार पेन्सन प्राप्त गर्नेछन् । गाउँपालिकाले अहिले डाटा सङ्कलन गरिरहेको र वास्तविक कृषक पहिचानपछि कार्यविधि संशोधन गरेर वर्गअनुसार पेन्सन तोक्ने गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीले बताए । कार्यविधिमा गाउँपालिका अध्यक्ष संयोजक रहेको पाँच सदस्यीय पेन्सन छनोट समिति र उपाध्यक्षको संयोजकत्वमा चार सदस्यीय अनुगमन समितिको पनि व्यवस्था गरिएको छ ।
कार्यविधिअनुसार पशुपक्षीको हकमा ‘क’ वर्गको लागि व्यक्ति वा व्यावसायिक फार्ममा गाईभैँसी पाँच माउ, बाख्रा २५ माउ, बङ्गुर १० माउ, कुखुरा ब्रोइलर प्रजाति ५००, मौरीसहित मौरी घार २० र टर्की १००, स्थानीय हाँस २५० हुनुपर्नेछ । कृषितर्फ ‘क’ वर्ग हुनका लागि कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका १०० बोट, उत्पादन दिने तरकारी टनेल १०, च्याउ घर टनेल ५, बिजवृद्धि पाँच रोपनी, कफी पाँच रोपनी, उखु १० रोपनी, खाद्यान्न २५ रोपनी र केरा भुँइकटहर प्रजाति १ हजार बोट हुनुपर्ने व्यावस्था कार्यविधिमा बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।
पशुपक्षी हकमा ‘ख’ वर्गको लागि गाईभैँसी चार माउ, बाख्रा १५ माउ, बङ्गुर सात माउ, ब्रोइलर कुखुरा प्रजाति ३००, मौरीसहित मौरी घार १५, टर्की ७५ र स्थानीय हाँस १५० हुनुपर्नेछ । त्यस्तै कृषिको हकमा ‘ख’ वर्गका लागि उत्पादन दिने कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका ७० बोट, उत्पादन दिने तरकारी टनेल सात, च्याउ घर टनेल तीन, बिजवृद्धि तीन रोपनी, कफी तीन रोपनी, उखु सात रोपनी, खाद्यान्न २० रोपनी र केरा, भुँइकटहर प्रजाति ७०० बोट आवश्यक पर्ने प्रशासकीय अधिकृत भण्डारीले बताए ।
गाईभँैसी तीन माउ, बाख्रा १० माउ, बङ्गुर पाँच माउ, ब्रोइलर कुखुरा प्रजाति २००, मौरीसहित मौरी घार १०, टर्की ५० र स्थानीय हाँस १०० भएका पशुपक्षीको हकमा ‘ग’ वर्गमा पर्नेछन् भने कृषिको हकमा ‘ग’ वर्गका लागि उत्पादन दिने कागतीरसुन्तलारअमिलोरआँपरलिची जातका ५० बोट, उत्पादन दिने तरकारी टनेल पाँच, च्याउ घर टनेल दुई, बिजवृद्धि दुई रोपनी, कफी दुई रोपनी, उखु दुई रोपनी, खाद्यान्न पाँच रोपनी र केरा भुँइकटहर प्रजाति ५०० बोट हुनुपर्ने गाउँपालिकाले जनाएको छ । कृषकलाई पेन्सन दिने योजना बनाउने छत्रकोट गाउँपालिका गुल्मीमा पहिलो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार