मंगलबार , माघ ६, २०७७

बर्दियाको निकुञ्ज क्षेत्रमा साइकल र मोटरसाइकल चलाउन रोक

बर्दियाको निकुञ्ज क्षेत्रमा साइकल र मोटरसाइकल चलाउन रोक

१९ पुष, काठमाडौं । बर्दियाको पूर्व–पश्चिम राजमार्गमा निकुञ्ज क्षेत्रमा आज रातिदेखि साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको छ ।पाटेबाघको आक्रमणमा परि महिलाको ज्यान गएपछि हिंस्रक जनावरको आक्रमणबाट हुने सम्भावित जोखिम कम गर्नको लागि साइकल र मोटरसाइकल चलाउन रोक लगाइएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जका अनुसार अम्रेनी–कर्णाली चिसापानी सडकमा आजैदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँडडुलमा रोक लगाइएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । राजमार्गमा पाटेबाघको चहलपहल बढेकाले सुरक्षित रहनको लागि पनि निकुञ्जले अनुरोध गरेको हो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय