के ओलीकाे सेटिङले संसद पुनस्थापना नहोला त ?
कुसुम सेञ्चुरी
पुस १९, २०७७ आइतबार १८:५७:५४
समाचार टिप्पणी
१९ पुष, काठमाडौं । प्रधानमन्त्री केपी ओली हिजोआज खुला रुपमै भन्ने गर्छन्– विघटित प्रतिनिधिसभा पुनस्थापना हुन सक्दैन , मैले सर्वाेच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाइसकेको छु, कार्यकर्ताहरु ढुक्क भएर चुनावमा लाग्नूस् ।
ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनस्थापना हुनुपर्छ भनेर सर्वाेच्च अदालतमा १३ वटा रिट परेका छन् । यसबारे सर्वाेच्चले संवैधानिक इजलाश गठन गरी सुनवाई थालिसकेको छ । पर्सि पुस २२ गतेबाट नियमित सुनवाई शुरू हुनेछ । तर झगडियाका नाइके भने खुल्लमखुला भन्दैछन्– पुनस्थापना हुनै सक्दैन , मैले कुरा मिलाइसकें ।
संवैधानिक सर्वाेच्चता भएको मुलुकका कार्यकारी प्रमुखले यस्तो अभिव्यक्ति दिन मिल्छ ? विधिशास्त्रका ज्ञाता भन्छन् – यो त पराकाष्ठा नै भयो । तर ओलीलाई अरुको कुनै मतलव छैन । बस् उनले चाहेको हुनुपर्यो । ओलीका यस्ता अभिव्यक्ति बन्द कोठामा भन्दा सार्वजनिक कार्यक्रममा बढी हुने गरेका छन् । हिजै मात्र काठमाडौ स्तरीय कार्यकर्ता भेलालाई संवोधन गर्दै ओलीले ठोकुवा गरे– पुनस्थापना हुने कुरा कहाँबाट आयो ? मैले सबै मिलाइसकेको छु । तपाईंहरु ढुक्कले चुनावको तयारीमा लाग्नुहोस् ।
अब ओलीमा पलाएको दम्भले पराकाष्ठा पार गरेको छ । समयमै लगाम लगाइएन भने देशले नयाँ तानाशाह पाउने अवस्था निर्माण भएको छ । सर्वाेच्च अदालत र निर्वाचन आयोगले दुबै पक्षको दावीलाई परीक्षण गर्नै बाँकी छ, तर कार्यकारी प्रमुख ओली भने अहिले नै फैसला सुनाइरहेका छन् । यसले न्याय प्रभावित हुने निश्चित छ ।
ओलीले आफूले नेतृत्व गरेको नेकपा नै आधिकारिक रहेको दावी बढो रमाइलो पाराले गरे । हिजोकै कार्यक्रममा उनी भन्दै थिए– पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आधिकारिक हामी हौं र सूर्य चुनाव चिन्ह्को समेत दावा गरेका छन्, निर्वाचन आयोगमा । घर छाडेर हिंडेको भगुवाले घरको स्वामित्वमा दाबी गरेजस्तो हो यो त । निर्वाचन आयोगका पदाधिकारीले यस्तो दाबीलाई कसरी लेलान् । मेरो कुरा भइसकेको छ, आधिकारिक हामी नै हौं, सबै निर्वाचनमा केन्द्रित हुनुपर्छ ।
सर्वाेच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायमा सेटिङ मिलाएको दाबी गर्ने ओली अब सर्वेसर्वा नै भएका हुन् त ? जानकार भन्छन्– अब ओलीमा पलाएको दम्भले पराकाष्ठा पार गरेको छ । समयमै लगाम लगाइएन भने देशले नयाँ तानाशाह पाउने अवस्था निर्माण भएको छ । सर्वाेच्च अदालत र निर्वाचन आयोगले दुबै पक्षको दावीलाई परीक्षण गर्नै बाँकी छ, तर कार्यकारी प्रमुख ओली भने अहिले नै फैसला सुनाइरहेका छन् । यसले न्याय प्रभावित हुने निश्चित छ ।
आफूलाई असली भएको दाबी गर्नेक्रममा ओलीले चार्ली च्याप्लिन नै नक्कली बन्नुपरेको कथा सुनाएका थिए । त्यस्तै बरमझियाको असली बाजेको पेडाको जस्तै कथा प्रचण्ड–माधव पक्षले कथेको पनि ओलीले रमाइलो पाराले सुनाएका छन् । अरुको खिसीट्यूरी गर्न माहिर ओलीको कार्यशैली र बोली बचन तानाशाही पाराले गएको देखिन्छ ।
ओलीको शैली र व्यवहार तानाशाही भएपनि राजनीतिक लाइन भने बलियो बन्दै गएको पाइएको छ । किनभने उनले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेपनि प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र जसपाले चुनावको तयारी भित्रभित्र गरेको देखिन्छ । मात्र प्रचण्ड–माधव समूह भने अहिले ओलीविरुद्ध सडक संघर्षमा ओर्लिएको अवस्था छ । त्यसले ओलीलाई आफ्नो लाइन अगाडि बढाउन सहज भएको छ ।
केही दिन अघि मात्रै बालुवाटार पुगेका अखिल नेपाल महिला संघका पदाधिकारीहरुसँगको भेटमा ओलीले प्रष्टै भनेका थिए– मैले प्रतिनिधिसभा पुनस्थापना नहुने माहोल बनाइसकेको छु । कदाचित पुनस्थापना भइ गयो भने पनि कांग्रेससँग मिलेर सरकार बनाउने र आलोपालो अनुसार चलाउने तयारी रहेको उनले बताएका थिए ।
ओलीको कदमविरुद्ध उनकै पूर्व सहकर्मी मात्रै सडकमा ओर्लिएको घटनालाई पनि ओलीले उडाएका छन् । हिजो कै कार्यक्रममा ओलीले प्रचण्ड – माधव समूहको सडक आन्दोलनलाई रत्नपार्के औषधि व्यापारीको पगरी गुथाए । उनले भने– मसँग फुटेर जानेहरुको हालत त्यही रत्नपार्के व्यापारीको जस्तै हो । दुईचार जनालाई भेला पारेर चटक देखाउने अनि औषधि बेच्ने ।
ओलीले अहिले आफ्नो पक्षको भेलामा जसरी संसद पुनस्थापना नहुने ठोकुवा गरेका छन् – त्यसको प्रभाव कतै न कतै नेपाली कांग्रेस भित्रसमेत परेको भान हुन्छ । संवैधानिक सर्वाेच्चताको पक्षधर पार्टी भएरपनि कांग्रेस प्रतिनिधिसभा विघटनको मुद्धामा विभाजित देखिएको छ ,नेकपा जस्तै । संस्थापन पक्ष ओली समूहको चाहनालाई बल दिन आतूर छ भने असन्तुष्ट पक्ष चाहिं प्रचण्ड – माधव समूह जस्तै सडक आन्दोनमै जान दबाब दिइरहेको छ ।
यस्तो दुई थरि मत निर्माणमा पनि ओलीले नै कुनै न कुुनै रुपमा खेलेको देखिन्छ । केही दिन अघि मात्रै बालुवाटार पुगेका अखिल नेपाल महिला संघका पदाधिकारीहरुसँगको भेटमा ओलीले प्रष्टै भनेका थिए– मैले प्रतिनिधिसभा पुनस्थापना नहुने माहोल बनाइसकेको छु । कदाचित पुनस्थापना भइ गयो भने पनि कांग्रेससँग मिलेर सरकार बनाउने र आलोपालो अनुसार चलाउने तयारी रहेको उनले बताएका थिए ।
ओलीको उक्त विचार कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल वा संवाद नगरी पक्कै आएको हैन । देउवा पनि नेकपा चोइटिर बस्दा नै कांग्रेसको भविष्य राम्रो हुने ठान्छन् । त्यसैले उनी सकेसम्म ओली र प्रचण्डबीचको पुन मिलापको अवस्था नआओस् भन्ने चाहन्छन् । त्यसका लागि उनले शक्तिसँगै निकट रहने रणनीति बनाएको देखिन्छ ।
देउवा रणनीतिले तत्काललाई कांग्रेस लाभान्वित भएपनि दीर्घकालका लागि भने ठूलै समस्या आउन सक्ने देखिन्छ । संविधानमा हुँदै नभएको प्रावधानमार्फत संसद विघटन गर्ने प्रचलन र नजिर कायम भयो भने संविधान मात्रै नभई राजनीतिक प्रणाली नै भड्खालोमा पर्न सक्ने चिन्ता विज्ञहरुको रहेको छ ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
बैंकिङ्ग कसुरमा फरार करुणा शाही पक्राउ
बैशाख १२, २०८१ बुधबार
ईश्वरको आँखामा देबेन्द्र बब्लु र जुना
बैशाख १२, २०८१ बुधबार
नैकापमा ‘ग्लोरियस ब्युटी पार्लर’ आधुनिक सेवा सहित सञ्चालन
बैशाख १२, २०८१ बुधबार
मसलामा प्रतिबन्ध लगाएको विषयमा भारतले सिंगापुर र हङकङसँग माग्यो जवाफ
बैशाख १२, २०८१ बुधबार
काठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार